०३ पौष,काठमाडौं: नेपाल बैंकर्स एसोसिएसनले नयाँ कार्यसमिति गठन गरेको छ ।नयाँ कार्यसमितिमा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लाई निर्विरोध निर्वाचित गरेको हो । कोइराला यस अघि नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष थिए ।
यसैगरी, नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्ष पदमा कार्यसमितिमा तीन जना सदस्य रहेका छन् । जसमा एभरेष्ट बैंक लिमिटेड सीईओ सुदेश खालिङ, कुमारी बैंक सीईओ राम चन्द्र खनाल, नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्