Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरमा ऋणी संग सिद्धार्थ बैंक बीच विवाद

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस ११, २०८१
In बैं‌किङ खबर
0

११ पौष, धनुषा: जनकपुरधाम स्थित सिद्धार्थ बैंकका प्रबन्धक लाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरधामको मिल्स एरिया स्थित सिद्धार्थ बैंकमा जग्गा निलामीको विषयमा विवाद हुँदा प्रहरीले सो शाखाका प्रबन्धक र लोन अधिकृत लाई नियन्त्रणमा लिएको हो ।


जनकपुरधामका एक व्यापारीले उक्त बैंक बाट लिएको ऋण चुक्ता गर्न जाँदा बैंकले ऋणीको जग्गा निलाम गरेको थाहा पाए पछि विहीबार विहानै देखि बैंक क्षेत्रमा स्थानीय व्यापारी हरुले विरोध गरेका थिए । विरोध प्रदर्शनमा प्रहरीले बैंकको प्रबन्धक र लोन अधिकृत लाई नियन्त्रणमा लिएको जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक बरुण बहादुर क्षेत्रीले जग्गा लिलामीको विषयमा मिल्स एरियामा रहेको सिद्धार्थ बैंकको शाखामा जग्गा लिलामीको विषयमा व्यापारी तथा स्थानीय प्रदर्शन गरिरहेको खबर पाएर उनीहरु लाई सुरक्षित राख्नका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।


जनकपुरधामको भ्रमरपुरा चोकमा रहेको लक्ष्मी ट्रेडर्स संचालन गर्दै आइरहेका दिनेश राय कुर्मीले सिद्धार्थ बैंकको मिल्स एरिया शाखा बाट ३५ लाख रुपैयाँको विजनेश लोन र भाउजुको नाममा महेन्द्रनगर स्थित सिद्धार्थ बैंकको शाखा बाट ४५ लाखको व्यक्तिगत लोन लिएका थिए ।


उक्त लोनको ब्याज आफूले समय समयमा बुझाउँदै आएको तर बीचमा केही महिना परिवारका एक जना सदस्यलाई प्यारालाईसीस भएर चेक-जाँच गराउन बाहिर गएको समय बैंकले आफ्नो जग्गा बेचेको ऋणी रायले आरोप लगाएका छन् ।


उनले करोडौंको मूल्यको आफ्नो जग्गा बैंकले बिना जानकारी बेचेको थाहा पाए पछि जनकपुरधाम उद्योग वाणिज्य संघमा निवेदन दिएर सहयोगका लागि आग्रह गरेका थिए । त्यस पछि उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष, स्थानीय व्यापारीहरु बैंकमा गएर बुझ्दा बैंकले २४ घण्टा भित्र एक मुस्ट रकम जम्मा गरे जग्गा फिर्ता दिने प्रतिबद्धता गरेको उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए ।

पछि बैंकले आनाकानी गर्न थालेको र मालपोतमा गएर बुझ्दा त्यो जग्गा अर्काको नाममा पास भईसकेको जानकारी पाएको अध्यक्ष भण्डारीले जानकारी दिए ।अध्यक्ष भण्डारीले सम्बन्धित वडाअध्यक्ष  संग समन्वय गर्न खोज्दा वडाअध्यक्षले आफू लाई यसबारे कुनै जानकारी नभएको बताए । अध्यक्ष भण्डारीले मालपोत, सिद्धार्थ बैंकको मिले-मतोमा यस किसिमको कार्य भएको आरोप लगाएका छन्  ।


अध्यक्ष भण्डारीले यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पुग्दा एसपीले सन्तोषजनक प्रतिकृया नदिएकोले प्रहरीको समेत मिले-मत्तो हुन सक्ने बताए ।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

बैं‌किङ खबर

३ लाख सम्मको ऋण मिनाहा तयारी, जनकपुरधाममा ऋणीलाई राहतको आशा

पुस ३०, २०८२
बैं‌किङ खबर

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२
बैं‌किङ खबर

नाडा अटो शो : अटो लोन ब्याजदरमा प्रतिस्पर्धा, आठ बर्ष सम्मको प्याकेज

भदौ ७, २०८२
बैं‌किङ खबर

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

जेष्ठ २९, २०८२
बैं‌किङ खबर

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आज देखि विक्रीमा

जेष्ठ २६, २०८२
बैं‌किङ खबर

कुमारी बैंकको संस्थापक शेयर आज देखि बिक्रीमा

जेष्ठ २५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend