(प्रमिला कार्की)३ जेठ, काठमाडौं : मानव शरीरमा रगतको प्रवाह सामान्यतया सिस्टोलिक ब्लड प्रेसर १४० एमएमएचजी भन्दा धेरै र डायलोस्टिक ब्लड प्रेसर ९० एमएमएचजी भन्दा बढी भएमाउच्च रक्तचाप भएको मानिन्छ ।विश्वव्यापी रूपमा यसले प्रत्येक आठ वयस्क जनसंख्यामा एक जनालाई असर गर्छ । सामान्यतया बढ्दो उमेर सँग सम्बन्धित उच्च रक्तचाप अहिले युवा पुस्तामा धेरै बढेको छ।

अस्वस्थकर खानपिन, शारीरिक गतिविधि कम र अत्यधिक मानसिक तनाव लिएको कारण नै युवा उमेरमै उच्च रक्तचापको समस्या बढ्दै गएको वीर अस्पतालको मुटु रोग विशेषज्ञ डा.दिपक मिश्र बताउँछन् ।
यस सम्बन्धित कुराकानीमा उनले धुम्रपान युवा पुस्तामा फेसनको रुपमा आएको भन्दै यसरी निकोटीनको प्रयोगले पनि युवाहरुमा उच्च रक्तचापको समस्या बढि देखिन थालेको बताए ।
उनले भने,‘सुर्तीजन्य, मदिराजन्य पदार्थको सेवन, शारीरिक क्रियाकलाप कम गर्ने अखाद्य वस्तुहरुको प्रयोग बढी गर्दा युवाहरुमा पनि उच्च प्रेसर देखिने गरेको छ । कलिलो उमेरमा नै देखिनुको मुख्य कारण खानपिन र सहरिया जीवनशैली हो । विकासको नाममा सबै गाउँ बाट सहर आए एउटा चोक बाट अर्को चोकमा जान पनि सवारी साधन चाहिने भएकाले शारीरिक क्रियाकलाप घट्दो छ । बच्चाहरु चौरमा गएर खोल्ने अवस्था पनि छैन् । घरमा नै मोबाइलमा नै हेर्ने गर्छन् । त्यस पछि जंगफुड र धुम्रपान सेवन गर्ने फेसनको रुपमा युवाहरुले अपनाइरहेका छन् ।’
डा.मिश्रले पछिल्लो समय शैक्षिक, आर्थिक विषय र आफ्नो भविष्यलाई लिएर धेरै तनाब लिनु पनि युवाहरुमा उच्च रक्तचाप बढ्नुको प्रमुख विषय बनेको बताए । उनले आफू डाक्टर हुँदै गर्दा ३० देखि ३५ भन्दा कम उमेर समूहमा उच्च रक्क्तचापको विरामी विरलै देखिने गरेको भन्दै अहिले निकै नै बढेको अनुभव सुनाए ।
‘सबैमा भित्र लुकेको एउटा समस्या छ त्यो भनेको तनाव हो । स्कुलमा गयो स्कुलमा नै शिक्षाले गर्दा तनाब छ, कलेजमा आउँदा आफ्नै लेबलको प्रतिस्पर्धा प्रोफेसनल लाइफमा कसरी जाने भन्ने छ । करियर लाई कसरी राम्रो बनाउने भन्ने कुराको आफ्नै तनाब छ । आर्थिक रुपले पनि हुन्छ । दैनिक रुपमा ओपीडिमा देखिने विरामीमा ३० देखि ३५ भन्दा कम उमेरका उच्च रक्क्तचापको विरामी धेरै देखिन थालेको छ । म डाक्टर हुने बेला तिर यो उमेर समूहको विरामी विरलै लेख्न पाइन्थ्यो ।तर अहिले धेरै बढेको छ । यसको अफिसियल सर्वे चाँही हुन जरुरी छ । तर युवामा बढ्दो क्रम चाँही छ,’ उनले भने
त्यस्तै उनका अनुसार नेपालमा उच्चरक्तचापको विरामीको संख्या दिनानु-दिन बढ्दै गइरहेको छन् । उनले लैङ्गीक रुपमा महिला भन्दा पुरुषमा बढि उच्च रक्तचापको समस्या देखिएको जानकारी दिए ।
‘अलि बढी उमेरहरुमा पनि निकोटिनको प्रयोग बढेर गयो । त्यसले गर्दा चाँडै प्रेसर बढ्ने गर्दा मुटुमा समस्याहरु देखिने गरेका छन् । नेपालमा उच्च रक्तचापको विरामी दिनानु-दिन बढ्दै गइरहेका छन् । विश्व भरि नै विरामीको जनसंङ्ख्या थपिदै गइरहेको छ । पूरानै विरामी पनि छन् ।युवा पुस्तामा उच्च रक्तचापको समस्या थपिएको हुनाले विश्व भरी नै बढिरहेको छ । त्यस बाट नेपाल अछुत बस्न सक्दैन्,’उनले भने,‘नेपालमा पनि प्रत्येक दिन उच्च रक्तचाप बढिरहेका छन् । मेडिकलको रुपमा उमेर बढ्दै गए पछि भन्दा पुरुषमा भन्दा महिलामा बढि देखिन्छ । तर लैङ्गीक रुपमा महिला भन्दा पुरुषमा बढि देखिन्छ । कसैको बंशानुगत पनि हुन्छ । अलि बढि उमेरहरुकोमा पनि निकोटिनको प्रयोग बढेर गयो । त्यसले गर्दा चाँडै प्रेसर बढ्ने मुटुमा आउने समस्याहरु पनि त्यहाँबाट आउने भएको हो ।’
३८ प्रतिशत लाई प्रेसरको रोग देखिएको छ । त्यसमा २३ प्रतिशत जति चाँही पुरुषमा र १७प्रतिशत महिलामा देखिएको छ । पुरुष या महिला जसलाई प्रेसर देखिएको भएता पनि त्यसमा जम्मा पाँच प्रतिशत मात्र रोकथाम देखिएको विगतको सर्वेले देखाएको छ ।
सबैभन्दा बढि ४० देखि ६० सम्मको उमेर समूहका मानिसमा उच्च रक्तचापको समस्या देखिने गरेको उनी बताउँछन् ।तर स्वास्थ्यको दृष्किोणले हेर्ने हो भने युवामा समस्या बढ्नु चिन्ताको विषय रहेको उनले सुनाए ।
उनले भने,‘अझै पनि ४० भन्दा माथिको उमेर समूहमा नै बढि समस्या देखिएको छ ।तर यसलाई फरक स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने युवामा बढ्नु चिन्ताको विषय हो । तर बढि समस्या देखिने त ४० देखि ६० सम्मको उमेरमा नै हो ।’
मुख्य त उच्च रक्क्तचापले शरीरको मुख्य अंगहरु लाई असर गर्ने गर्दछ जसको कारण उच्च रक्क्तचापले ज्यानै जाने जोखिम बढि हुने गर्दछ । मुटु,मस्तिष्क,आँखा ,मृगौला र नसा जस्तो रगत सञ्चालन हुने अंगमा प्रेसरले टार्गेट गर्ने कारण मृत्युको जोखिम रहेको डा.मिश्र बताउँछन् ।
यसमा थप्दै उनले भने,‘प्रेसरले शरीरका मुख्य अंगहरुलाई असर गर्छ ।मुटु,मस्तिष्क,आँखा ,मृगौला र नसाहरुलाई असर गर्ने नै भयो । रगत सञ्चालन जहाँ–जहाँ हुन्छ त्यहाँ यसले टार्गेट गर्छ । प्यारालाइसिस भयो भने ज्यानलाई खतरनाक हुन्छ । कसैले ह्द्यघात भयो भने मुटुको चाल बिर्गेर प्राणघातक बन्ने नै भयो । लामो समय देखि प्रेसर छ भने मृगौलामा असर गर्छ । यस्ता कुराले गर्दा प्रेसरले ज्यान नै जाने जाखिमको साथै परिवार, समुदाय र सिंगो देशलाई नै आर्थिक भार पार्ने काम गर्छ ।’
साथै उच्च रक्क्तचाप लाई ‘साइलेन्ट किलर’ पनिभन्ने गरेको पाइन्छ । उच्च रक्क्तचाप लाइ किन ‘साइलेन्ट किलर’ भनिन्छ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने,‘यदी कोही मानिसमा लक्षण छैन् । काम गरेर दिन भरी घर गएको छ ।प्रेसर हाई छ, तर लक्षणहरु केही देखिएको छैन् । यस्तो अवस्थामा अचानक ह्दयघात भयो भने साइलेन्टली त्यसले किल गर्यो नि । अचानक ठूलो पक्षघात भएर फर्किनै नसक्ने अवस्थामा आयो भने यसरी हिजो सम्म साइलेन्ट थियो नि केही थाहा थिएन । सुतेर बिहान उठ्दा मान्छे छैन् वा हिजो सम्म केही थिएन् तर आज मान्छे छैन् भने त्यो साइलेन्ट किलर भनिन्छ ।’
उनको अनुसार टाउको दुख्ने,आँखा अगाडि धमिलो देखिने,छाती भारी हुने,धड्कन बढ्ने र सास फेर्न अप्ठ्यारो हुने जस्ता सामान्य लक्षण उच्च रक्क्तचाप हुँदा देखिने गर्दछ्न ।
नियमित रुपमा आफ्नो ब्लड प्रेसरको निगरानी बढाउने आफ्नो तौल कति छ ,कोल्डस्टोर कति छ, सुगर कति छ भन्ने चाँही थाहा पाउने र सहरी या जीवनशैली त्यागि अध्यात्मिक चिन्तनमा फर्किएर उच्च रक्क्तचाप बाट जोखिन उनले सुझाए ।
उनले भने,‘लक्षण हुँदा मात्र होइन् । नहुँदा पनि रेगुलर आफ्नो स्वास्थ्य जाँच गराउनु पर्छ । प्रेसर जाँच गर्नु पर्छ । लक्षणमा चाँही टाउको दुख्ने,आँखा अगाडि धमिलो देखिने,छाती भारी हुने,धड्कन बढ्ने र सास फेर्न अप्ठ्यारो हुने जस्ता सामान्य लक्षण हुन्छ ।तर यी लक्षण भने अरु रोगमा पनि देखिन्छन् । यस बाट जोगिन नियमित रुपमा आफ्नो ब्लड प्रेसरको निगरानी बढाउने गर्नु पर्छ । आफ्नो तौल कति छ, कोल्डस्टोर कति छ सुगर कति छ भन्ने चाँही थाहा पाउनु पर्यो र आफ्नो सहरी या जीवनशैली त्याग्नु पर्छ । अध्यात्मिक चिन्तनमा फर्कनु पर्छ । ’
यसै गरी मुटु विशेषज्ञ डा.मिश्रले नेपाली समाजमा मुटु रोग सम्बन्धी जोखिम घटाउनको लागि जीवनशैलीमा आमूल सुधार गर्नु पर्ने औंल्याए । उनले पूर्वदर्शन र आध्यात्मिक चिन्तनमा फर्कनु आवश्यक रहेको उल्लेख गर्दै शुद्ध, सात्विक तथा शाकाहारी भोजनले नै शरीर र मनलाई स्वस्थ राख्न सक्ने विचार व्यक्त गरे ।
डा.मिश्रले हाल देखिएको उच्च तनाव, अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीले मानिसमा मुटु रोगको जोखिम बढाइरहेको भन्दै यस्ता कारणहरू बाट बच्नु पर्नेमा जोड दिए।
‘तनाव र चिन्ताले शरीर र मनमा नकारात्मक असर पार्दछ,उनले भने, ‘हामीले खानपानको शुद्धिकरण गर्नु पर्छ । सके सम्म बाहिरको खाना नखाने बानी बसाल्नु पर्छ ।पूर्वीय दर्शन अनुसार आध्यात्मिक चिन्तनमा र्फकनु पर्छ । आध्यात्मिक शुद्द शाहाकारी खाना खाऔँ । धेरै स्ट्रेस लिएर धेरै तनाब लिएर बस्नु उचित छैन । यसले आफू लाई पनि समाजलाइ पनि परिवार लाई पनि खानेकुरामा शुद्धिकरण गरौँ । बाहिरको खानेकुरा सके सम्म खाने बानि हटाऔँ ।’
उनले सुर्ती जन्य पदार्थ र मदिरा सेवन पूर्ण रूपमा बन्द गर्न समेत सबैमा आग्रह गरे । ‘कतिपय स्थानमा अल्कोहलको सानो मात्रा लाई सुरक्षित भनिन्छ,’उनले भने, ‘तर त्यो अस्थायी कुरा हो, दीर्घकालीन असर निकै गम्भीर हुन सक्छ । अल्कोहल सँगै सेवन गरिने चिल्लो परिकारले मुटुमा नकारात्मक असर पुर्याउँछ ।’
डा.मिश्रका अनुसार मुटु रोग बाट जोगिनका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्नु अत्यावश्यक छ । उनले विद्यालय तह बाटै स्वास्थ्य शिक्षा सुधार गर्दै विद्यार्थीलाई सुरुमा नै सही जीवनशैली अपनाउने वातावरण बनाउनु पर्नेमा जोड दिए ।
त्यस्तै निकोटिन र मदिरा प्रयोग विरुद्ध सरकार स्तरबाटै कडा कदम चाल्नु पर्ने डा.मिश्रको धारणा छ । उनले सार्वजनिक स्थानहरूमा पार्क, व्यायाम स्थल र वाकिङ्ग ट्रयाक जस्ता पूर्वाधार विकास गरेर जनस्तरमै स्वास्थ्य प्रति सजगता बढाउन सकिने उल्लेख गरे ।उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सबै तहबाट एउटा साझा नीति आवश्यक छ ।’
नेपाल सरकारले हाल मुटु रोगका बिरामीहरूका लागि विशेष प्राथमिकता दिँदै आर्थिक प्याकेज समेत ल्याएको भन्दै डा.मिश्रले त्यसको प्रशंसा गरे । उनका अनुसार अहिले नेपालमा अधिकांश मुटु रोगहरूको उपचार गर्न सक्ने क्षमता विकास भइसकेको छ ।
प्रेसरका बिरामीमा सबैभन्दा ठूलो समस्या नियमित औषधि सेवन नगर्नु भएको उल्लेख गर्दै डा.मिश्रले स्थानीय तह बाटै जनचेतनामूलक तालिम र कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिए । ‘प्रेसरको औषधि धेरै महँगो छैन, उनले भने, ‘तर नियमित रूपमा नखाइ दिनाले अवस्था बिग्रन सक्छ । त्यसैले समयमा औषधि सेवन गर्न सबैलाई अनुरोध गर्दछु ।’
डा.दिपक मिश्र (मुटुरोग विशेषज्ञ वीर अस्पताल)



















आफ्नो प्रतिकृया दिनुहोस्