Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा बढी नागरिकलाई औषधि खुवाइँदै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १६, २०८२
In स्वास्थ्य खबर
0

१६ माघ,सर्लाही । सर्लाही जिल्लाका १२ वटा स्थानीय तहमा हात्तीपाइले (फाइलेरिया) रोग पुन: सक्रिय रूपमा फैलिएको पुष्टि भएपछि स्वास्थ्य निकायले व्यापक औषधि सेवन अभियान सुरु गरेको छ। जोखिम देखिएका क्षेत्रहरूमा विशेष निगरानी सहित घरघरमै पुगेर औषधि खुवाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत असोज महिनामा सर्लाहीका सबै २० वटै पालिकामा नमूना सङ्कलन गरी परीक्षण गरेको थियो। परीक्षणको नतिजा अनुसार जिल्लाको दक्षिणी क्षेत्रका १२ पालिकामा हात्तीपाइलेको संक्रमण अझै सक्रिय अवस्थामा रहेको देखिए पछि पुन: औषधि खुवाउने निर्णय गरिएको हो।

बलरा नगरपालिका, रामनगर गाउँपालिका, धन्कौल गाउँपालिका, बसवरिया गाउँपालिका, चक्रघट्ट गाउँपालिका, गोडैता नगरपालिका, विष्णु गाउँपालिका, कौडेना गाउँपालिका, मलङ्गवा नगरपालिका, ब्रह्मपुरी गाउँपालिका, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा गरिएको परीक्षणका क्रममा ३०० नमूना मध्ये २८ जनामा हात्तीपाइलेको सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये राति सङ्कलन गरिएका नमूनामा पाँच जनामा सक्रिय संक्रमण भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाका उत्तरी भेगका बाँकी आठ पालिकामा भने रोग फैलिने क्रम नियन्त्रणमा आएको बताइएको छ। अभियानलाई प्रभावकारी बनाउन प्रारम्भिक चरणमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयं सेविकालाई तालिम दिइँदैछ। तालिमपछि उनीहरू घरघरमै पुगेर औषधि खुवाउनेछन्।

मलङ्गवा नगरपालिकामा माघ ८ गतेदेखि औषधि खुवाउने अभियान सुरु भइसकेको छ भने अन्य पालिकामा तालिम तथा तयारी कार्य जारी रहेको जनाइएको छ। हात्तीपाइले विरुद्धको औषधि दुई वर्ष भन्दा माथिका सबै नागरिकलाई खुवाइने छ।

यस अभियान मार्फत १२ पालिकाका करिब ८० प्रतिशत जनसंख्या अर्थात् ४ लाख ३० हजार ९४१ नागरिकलाई औषधि खुवाउने लक्ष्य लिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

  • 3shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्वास्थ्य खबर

वीरगञ्जमा हैजाको संक्रमण पुष्टि, दुई दिन विद्यालय बन्द

भदौ ७, २०८२
स्वास्थ्य खबर

‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

साउन ४, २०८२
स्वास्थ्य खबर

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जादै

जेष्ठ २१, २०८२
स्वास्थ्य खबर

मिस युनिभर्स नेपाल २०२५ का लागि दर्ता खुला

जेष्ठ १४, २०८२
स्वास्थ्य खबर

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ३, २०८२
स्वास्थ्य खबर

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२

नेपाल–भारत सीमामा संयुक्त गस्ती

माघ २५, २०८२

आदिवासी जनजाति पत्रकारका माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

माघ २४, २०८२

अभिनेता थापाको असामयिक निधन प्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

माघ २४, २०८२

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend