२५ जेठ,काठमाडौं: कुमारी बैंक लिमिटेडले आज देखि आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले एक सूचना जारी आज देखि उक्त शेयर बिक्रीमा राखेको जनाएको हो । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेका ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको बताएको छ ।
बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितीले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
निर्धारित म्याद भित्र शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा संस्थापकहरु भन्दा बाहेकका लगानीकर्ताहरुमा शेयर बिक्री गरिने बैंकले जारी गरेको सुचनामा उल्लेख छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुनेछ ।



















आफ्नो प्रतिकृया दिनुहोस्