Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बुटिकहरुमा छैन् व्यापार, अनिवार्य बनिसक्यो अनलाइन मार्केटिङ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १०, २०८२
In आलेख
0

(मनिषा बस्नेत), काठमाडौं।बजारमा तीजको रौनक बढे पनि राजधानीका साडीपसल तथा बुटिकहरूमा चहलपहल न्यून छ । तीज भित्रि सक्दा पनि पसलहरुमा चहलपहल कम हुँदा साडीपसल तथा बुटिक सञ्चालकहरू चिन्तित छन् ।


पछिल्लो समय तीजका लागि बजारमा पाइने रेडी–मेड ड्रेस र अनलाइन शपिङले बुटिकहरूको व्यापार खस्केको बुटिक सञ्चालकहरू बताउँछन् ।बुटिकहरूमा विषेशत डिजाइनर कुर्ता, प्रिन्ट भएका साडी र मोडर्न लेहेंगाहरु एवम नेपाली परम्परागत पहिरनलाई आधुनिक शैलीमा ढालेर नयाँ डिजाइन र ड्रेस बनाइन्छ । तर बजारमा बढ्दो प्रतिस्पर्धा र अनलाइन पसलहरूको प्रभावले बुटिकहरू सञ्चालन गर्न गाह्रो भएको द दिभा फेसन बुटिककी सञ्चालक रोशनी बराइलीले बताइन् ।


‘यस वर्ष मार्केट अलिकम हुन्छ कि?अनलाइन बिजनेसहरु बढी भएको कारणले मार्केट अलि डाउनडाउन नै छ,’ उनले भनिन् ।बुटिकमा ब्लाउज देखि कुर्था, लेहेंगा वा ब्लाउजका डिजाइन गरिन्छ । ह्यान्डवर्क मार्फत बुटिकका कपडाहरु तयार गरिने साथै बाहिरको रेडिमेड भन्दा गुणस्तरीय कपडा पाइने भएकाले ग्राहकहरुको रोजाइमा बुटिक पर्ने गरेको सञ्चालक बराइली बताउँछिन् ।


उनले भने, ‘बाहिरका पसलमा रेडीमेड कपडा पाइन्छ । त्यो मेसिनवर्क भयो । तर हामीले गर्ने भनेको कालीगढको सहायतामा हातले बनाउने हो ।ह्यान्डवर्क गरेका पिसहरु हातले भरेर आकर्षक बनाउछौं । अनलाइन बाट विक्री गर्ने भनेको मेसिनले भरेका हुन् । त्यो अलि सस्तो हुन्छ। हामीले भरेकोमा अलिक बढी चार्ज लाग्छ ।’ होलसेल पसल र ठुला शोरुम हरुले नै रेडिमेड सामान बेच्दा आफूहरु मारमा परेको बराइलीको गुनासो छ ।


‘शोरुमहरु जहाँ बाट हामीले होलसेल सामान ल्याउँछौ उनीहरुले पनि मार्केट बिगारे छन् । उनीहरुले आफैं होलसेलमा रेडिमेड बेचिदिन्छन् । होलसेलले त बेच्नन मिल्ने होइन तर त्यसले मार्केट बिग्रेको छ,’ उनले भनिन्, ‘धेरैलाई गाह्रो बनाएको छ । हामीलाई मात्र होइन, धेरैलाई गाह्रो बनाएको छ ।’

यस्तै २५ वर्ष देखि सञ्चालनमा रहेको सानिया बुटिकको पनि समस्या उस्तै छ । भदौँ लागे सँगै भ्याइ नभ्याइ हुने कुनै समय अहिले सिजनमा पनि काम नआउँदा चिन्तित रहेको सानिया बुटिकका जावेद अन्सारी बताउँछन् ।


‘पहिला त सामान्य चलिरहेको थियो, अहिले व्यापार छैन । तीजको बेलामा पनि काम आइरहेको छैन् । यसको एउटै कारण छ, रेडिमेडहरुको कारण हो । रेडिमेडहरु धेरै आइरहेका छन् र सस्तो मूल्यका छन् । त्यसले हामीलाई असर गरेको छ,’ उनले भने ।सानियामा अहिले कुर्ताहरुको मात्र माग आइरहेको भन्दै चार–पाँच वर्ष पहिले तीज आउँदा दुई महिना अघि नै रातभरी काम गरेको अन्सारी सम्झिन्छन् ।


उनले भने, ‘चार–पाँच वर्ष पछि हामीदुई महिना देखि फुर्सद जस्तै छौं । हाम्रो अहिले कामै छैन ।काम आएको छैन अहिले सम्म।’ अन्सारीले पछिल्लो समय धेरै बुटिकहरु बन्द भएको भन्दै अहिले टेलर मात्रै चलेको बताए ।अन्सारीको सानिया बुटिकमा आज भोलि साडी भन्दा बढी कुर्ताहरुको माग बढेको छ । तीज जस्तो विशेष पर्वमा डिजाइनर कुर्ताको प्रयोग बढेको अन्सारी बताउँछन् ।


‘अहिले कर्सेट कुर्ताहरु आइरहेको छ ।अहिले कुर्ताहरुको रेट ४५ सय देखि सुरु हुन्छ । हाम्रोमा सिलाइको तरिका फरक छ। फिनिसिङ राम्रो हुन्छ । ग्राहकहरु फिनिसिङको कामले खुशी हुन्छन्,’ उनले भने ।अन्सारी बुटिकमा आएका ग्राहक प्राय: सबै उस्तै हुने र राम्रो काम गर्दा जति भन्यो त्यति मूल्य तिर्ने पनि बताए ।


यस्तै बराइलीले समय अनुसार चल्नैको लागि आफूले पनि अनलाइन मार्फत प्रचार सुरु गरेको बताइन् । उनले आफ्नो सामान जापान, अमेरिका लगायतका केही देशहरुमा समेत जाने भन्दै सामाजिक सञ्जालमा प्रचार गर्न सके काम गर्न सकिने बताइन् ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२
आलेख

जेनजी आन्दोलनको छायाँमा उदाएकी निस्वार्थ दीप : आशिका तामाङ’

अशोज २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend