Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

घरजग्गा कारोबारमा भारी गिरावट, असारको तुलनामा ४० प्रतिशतले घट्यो कारोबार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १४, २०८२
In आलेख
0

काठमाडौं। नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा कर्जा प्रवाह बढाउने गरी लचिलो मौद्रिक नीति ल्याए पनि यतिबेला घर जग्गाको कारोबारमा भारी गिरावट आएको छ । नेपाल जग्गा तथा आबास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले गत असारको तुलनामा घरजग्गाको कारोबार करिब ४० प्रतिशतले घटेको बताएका हुन् ।


‘असारको तुलनामा त करिब ४० प्रतिशत जतिले कारोबार घटेको अवस्था छ पुरानै कित्ताकाट भइसकेका जग्गाहरु किनबेच गर्न रोकिएको छैन तर नयाँ कित्ताकाट रोकिँदा समस्या परेको हो,’ उनले भने । घरजग्गा व्यवसाय एउटा मास्टर इन्डस्ट्री भएकाले यसको कारोबार बन्द हुँदा मान्छेले नयाँ घर बनाउन पाएका छैनन् । जसले गर्दा गिट्टी, बालुवा, ढुंगा, सिमेन्ट, इँटा, रड, रंग, काठ लगायत सामाग्रीहरुको कारोबारमा समेत गिरावट आएको छ ।


सरकारले लागू गरेको भू–उपयोग नियमावली अनुसार स्थानीय निकायहरुले जग्गा वर्गीकरण नगरेको भन्दै सरकारले गत साउन १ गतेबाट जग्गाको कित्ताकाट पूर्ण रुपमा रोक लगाएको छ । कुल ७५३ स्थानीय तह मध्ये हाल सम्म भु–उपयोग नियमावली अनुसार ५०० स्थानीय तहले मात्रै भु–उपयोग नियमावली अनुसार जग्गा वर्गीकरण गरेका छन् ।


कित्ताकाट बन्द भएर अब जग्गा बेच्न नपाउने भए पछि घरजग्गा कारोबार अब सुस्त भएको घिमिरेको भनाई छ । भूमि सुधार मन्त्रालयबाट पत्रचार भएको अनुसारले जग्गाको वर्गीकरण गरिसकेका २५३ वटा पालिकामा चाहीं कित्ताकाट गर्न सकिने जनाएको उनले बताए ।


तर ति २५३ स्थानीय तहमा पनि कित्ताकाट नभएको उनले बताए । मन्त्रालयले कित्तागत वर्गीकरण भएको ठाउँमा मात्रै कित्ताकाट गर्नु भनेर लेखेको हुनाले, अहिले ७५३ वटै पालिकामा कित्ताकाट बन्द भएको घिमिरेले जानकारी दिए ।


उनका अनुसार महासंघले पटकपटक जग्गा वर्गीकरण गर्ने म्याद थप गर्नु पर्यो वा कित्ताकाट खोल्नु पर्यो भनेको थियो । अब यसपाली खोल्दा खेरि पनि म्याद थप गरेर मात्रै हुँदैन । सरकार पनि लाग्नु पर्छ । वास्तवमा जग्गा वर्गीकरण गर्ने सरकारको काम हो । कि त सरकार लाग्नु पर्यो कि निजी क्षेत्रलाई दिनु पर्यो वर्गीकरण गर्नु भनेर ।

हामीलाई एक वर्ष समय दिने हो भने वर्गीकरण गरेर सिध्याउँछौँ । वर्षौं सम्म म्याद थप्यो, कित्ताकाट रोकेको छ र सर्वसाधारण जनतालाई समस्यामा राखेको छ । पछिल्लो १५/२० दिनदेखि व्यवसाय निकै शिथिल छ । उनले भने ।कतिपय उद्योगहरु बन्द भएका छन भने कतियपय चाहीं बन्द हुने अवस्थामा पुगेका छन् । यो व्यवसाय नचल्दा खेरि त सबैलाई असर परेकै छ । व्यवसायीहरुले लगभग तीनचार वर्षसम्म राष्ट्र बैंकको नीति पर्खेर बसेका थिए । जब राष्ट्र बैंकले राम्रो नीति ल्यायो तब जग्गाको कारोबार नै बन्द हुन पुग्यो ।


राष्ट्र बैंकले ल्याएको नीति एकदम राम्रो छ, यसलाई हामी घरजग्गा व्यवसायीहरूले स्वागत गर्दछौँ । राष्ट्र बैंकले हाल हाम्रो व्यवसायलाई मात्रै नभएर अन्य व्यवसायीहरूलाई समेत मध्येनजर गर्दै राम्रो नीति ल्याएको छ । नयाँ नीति आए पछि साउन देखि जग्गा कारोबारमा बढावा आउने अपेक्षा थियो तर, कित्ताकाट नै बन्द भयो । जसले गर्दा व्यवसायीहरु निरास भएका छन् ।


कित्ताकाट रोकिँदा खेरि व्यवसायीलाई भन्दा सामान्य मान्छेहरूलाई बढी असर परिरहेको घिमिरेले बताए । उनका अनुसार जो सर्वसाधारण चार पाँच वर्ष विदेश बसेर आएको हुन्छ । उसले दुई तीन महिनाको छुट्टीमा घर आएर परिवारको व्यवहार मिलाउन घर बनाउँछु अथवा अंशबण्डा गरेर आफ्नो सम्पत्ति लिन्छु, वा बिहे नगरेको भए केही जग्गाहरू बेचेर बिहे गरेर फेरि फर्किन्छु भन्नेका लागि सरकारको नियमले झनै गार्हो बनाएको छ ।


अर्को कुरा यदि घरपरिवारमा कोही मान्छे बिरामी पर्यो वा जटिल खालको रोग लाग्यो भने आफूसँग भएको थोरै एकदुई कट्ठा जग्गा बेचेर भएपनि उपचार गर्छु भन्न सकिने अवस्था रहेन अब । कि त कोही साहुकोमा गएर पुरै जग्गा धितो राख्नु पर्यो, यदी धितो नै राखेर उपचार गर्ने हो भनेपनि भोलिका दिनमा आफ्नो जग्गा उकास्न नसक्ने अवस्था आउने घिमिरेको भनाई छ ।


‘कित्ताकाट रोकिदा पढ्नका लागि बाह्य मुलुक जानखोज्ने विद्यार्थीहरुलाई पनि समस्या भएको छ । बाह्य मुलुक पढ्न जानका लागि घर जग्गा बेच्ने वा बैंकमा धितो राख्ने प्रचलन छ । अहिले त्यो पनि गर्न नपाएको हुनाले, पढ्न जाने विद्यार्थीहरू पनि अहिले रोकिएर बस्नुपर्ने अवस्था छ । त्यस कारणले कित्ताकाट रोकिंदा व्यवसायीलाई भन्दा खेरि पनि सर्वसाधारण जनताहरूलाई नै यसले असर पारेको देखिन्छ ।’


सरकारको भू–उपयोग नीति अवैज्ञानिक र अव्यवहारिक नभएको भन्दै घिमिरेले वर्गीकरणमा भने केही व्यवहारिक समस्या रहेको बताए । उनका अनुसार जुन जग्गा जमिनहरू आवासमा पर्छन, त्यो जग्गा जमिनहरुको रेट पनि महँगो हुन्छ । सरकारी रेट पनि महँगो हुने गर्दछ अनि किनबेच गर्दा खेरि पनि महँगो भएको हुनाले, जो सँग जग्गा जमिनहरू छ, उनीहरुले आफ्नो जग्गालाई आवासमा वर्गीकरण गर्न चाहने भएकाले समस्या भएको छ ।


जग्गालाई आवास र कृषि क्षेत्र बनाउने होडबाजीमा वर्गीकरण गर्न ढिलाई भइरहेको पनि उनले बताए । कृषिलाई प्राथमिकतामा राखेर जग्गालाई कृषिमा वर्गीकरण गर्ने हो भनेपनि अहिले कृषकहरुले आफ्नो उत्पादनको रकम माग्न माइतीघर मण्डलामा आएर आन्दोलन गर्नु पर्ने अवस्था रहेको उनको भनाइ छ ।


उखु किसानको उदाहरण दिंदै उनले भने, ‘माइतीघरमा उखु किसानहरूले आन्दोलन गरिरहेको भन्ने मैले सुनेको छु । अब हामी यता कृषिलाई प्राथमिकता दिने भनेर कृषि राख्छौं । अब एउटा उखु किसानले आएर आन्दोलन गर्नु पर्ने, आफ्नो उत्पादनको पैसा नपाउँदा खेरि अथवा मूल्य राम्रो नपाउँदा खेरि आएर आन्दोलन गर्नु पर्ने अवस्था छ । किन त्यस्तो भएको त ? यो कृषक र सरकार बीच किन यो दुरी बढेको छ त ? कृषकबाट उत्पादन हुने चिज उनीहरूलाई नाफा हुने गरी लि दिनुपर्यो ।’


‘अथवा कृषि वर्गमा राखेको जग्गा जमिनलाई सहुलियतपूर्ण कर्जा, सहुलियतपूर्ण बीउविजनहरू, सहुलियतपूर्ण मल दिनुपर्छ । हामीले कृषिमा बढी प्राथमिकता दियो भने र जो कोहीले पनि म कृषि क्षेत्रमा जग्गा राख्छु भनेर राख्न चाहन्छ । तर आज कृषिमा आफ्नो जमिन किन राख्न चाहँदैनन् भने, कृषि चाहिँ सबैभन्दा तल्लो स्तरको मूल्य छ र कृषिमा उत्पादन भएको चिज सही मूल्य पाइराखेको छैन ।’


अब फेरि वर्गीकरणको म्याद थप्दा कृषिलाइ बढी प्राथमिकता दिएर कृषि राख्नु पर्छ । हो कृषि राख्दा खेरि चाहीं जनतालाई पनि फाइदा छ, सरकारलाई पनि फाइदा छ भन्ने खालको महसुस गराउने खालको प्राथमिकता दिएर सबैलाई बुझाएर लानु पर्ने उनको सुझाब छ ।


वर्गीकरण गर्न ढिला भयो
सरकारले ल्याएको जग्गा वर्गीकरणको नीति वैज्ञानिक र व्यवहारिक भएपनि सरकारले यो नीति निकै ढिला गरी ल्याएको घिमिरेले बताए । राम्रो खेती हुने जग्गामा ठूलो मात्रामा घरहरु बनिसकेको बताउँदै उनले धेरै बर्ष अगाडि नै सरकाले ल्याउनु पर्ने नीति ढिलो ल्याएको बताएका हुन् ।


‘अहिले तराई जस्तो परेको राम्रो माटो भएको, पानी प्रशस्त भएको ठाउँमा खेतीयोग्य जमिन बनाउनु पर्ने । डाँडाकाँडा जो सुरक्षित डाँडाहरू छन्, तिनीहरुमा चाहिँ घर बस्नु पर्ने । यहाँ उल्टो भइरहेको छ । डाँडाहरू त्यसै छन् । तर जहाँ कृषि योग्य ठाउँहरु छन् त्यहाँ घर बनाएर बसेका छौं,‘ उनले भने । ‘तर अब ढिलो आयो भनेर अब त्यसलाई पारदर्शी कसरी बनाउने भन्दा, बाँकी रहेको जग्गा जमिनहरुलाई कसरी हुन्छ, उत्पादनमूलक तरिकाले लिएर जानुपर्छ ।’


बसोबास गर्न योग्य जग्गालाई बसोबास योग्य बनाउनु पर्ने र जहाँ कृषि उत्पादन हुन्छ त्यस्तो ठाउँमा माटोको परीक्षण गरेर सोही हिसाबले वर्गीकरण गर्नुपर्ने उनको सुझाब छ ।‘जस्तै, रियलस्टेट कारोबार गर्ने हाउजिङ कम्पनीहरू निर्माण गर्ने वा उद्योग धन्दा चलाउनेले सबैले एउटा निश्चित प्रतिशत सम्म कृषि गर्नु पर्छ भनेर सरकारले नीति बनाउने हो भने व्यवसायीले पनि कृषि गर्ने थिए । त्यसो गर्यो भने, कृषि जमिन जोगिन्छ र कृषिमा फलदायी उत्पादन पनि हुन्छ । यो हामीले पटक–पटक भन्दै आएका छौँ,‘ उनले भने ।


साथै, उनले जसले पनि घरजग्गा कारोबार गर्ने नाममा खेतीयोग्य जमिन समेत मास्न थालेको भन्दै उनले सरकारले कारोबार गर्नेहरुलाई लाइसेन्स वितरण गर्ने र लाइसेन्स भएकाहरुलाई मात्रै कारोबार गर्न दिने व्यवस्था गर्नु पर्ने उनले बताए । यस्तो गर्दा सरकारलाई राजस्व पनि पारदर्शी रुपले आउने उनको भनाइ छ ।

विष्णु प्रसाद घिमिरे, (अध्यक्ष), नेपाल जग्गा तथा आवास विकास महासंघ

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२
आलेख

जेनजी आन्दोलनको छायाँमा उदाएकी निस्वार्थ दीप : आशिका तामाङ’

अशोज २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend