Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘संसारमा सबैभन्दा ठूलो कर्म भनेको श्राद्ध हो’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २२, २०८२
In आलेख
0

(रस्मिता गिरी),काठमाडौं । प्रत्येक महिनामा सामान्यतया दुई पक्ष पर्दछ । यसमा कृष्ण पक्ष र शुक्ल पक्ष पर्छ । तर, प्रत्येक वर्ष दसैँ आउनु भन्दा अगाडि आश्विन कृष्ण पितृपक्ष आउँछ । यसलाई नै सोह्र श्राद्ध अर्थात् पार्वण श्राद्ध भनिन्छ । श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो योग्यता एवम श्रद्धा अनुसार गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नु पर्छ भन्ने हुँदैन ।


पितृपक्षका १६ दिन विभिन्न तिथिहरूमा विभिन्न कारणले मृत्यु भएका पितृहरूको श्राद्ध गरिन्छ । उनीहरूको आत्मालाई शान्ति मिलोस् भनेर सम्मान, कृतज्ञता र योगदानलाई स्मरण गर्दै आशीर्वाद लिने गरिन्छ । सोह्र श्राद्ध जसलाई पितृपक्ष वा महालय श्राद्ध पनि भनिन्छ । सोह्रश्राद्धको महिना भर चोखो निधो गर्नु पर्ने पण्डित डा.उत्तम लोचन न्यौपानेले बताए ।


उनले श्राद्ध गर्ने मान्छेले करिब २४ घण्टा अगाडि कपाल खौरिनु पर्ने, देउता वस्त्र अनुसार धोतीधारणा गर्ने, एक छाक शुद्ध खाने र स्नान गर्न पर्ने बताए । उनले श्राद्धमा महिलाको भूमिका सबैभन्दा धेरै हुने बताए । उनले श्राद्धमा ९० प्रतिशत भूमिका रहने बताए । उनले नारीहरुको कर्मको प्रभावको कारणले गर्दा खुशी, उत्साह र उमङ्ग पितृहरुले प्राप्त गर्ने समेत बताएका छन् ।


महिलाहरुले बिहान चार बजे उठेर घरलाई लिपपोत गर्ने, चोख्याउने कर्म गरेर त्यस पछि भोजन बनाउने कार्यहरु गर्नु पर्ने हुन्छ । ती सारा काम गरेर पनि जति इष्टमित्रहरु, कुल कुटुम्ब, दाजुभाइहरु आदीलाई खुवाई पियाइ गरेर राति अबेर सम्ममा भाँडाहरु माझेर सबै थनक्याउनु पर्ने बाध्यतामा पर्छन । त्यसैले पनि महिलाको भूमिका बढी देखिन्छ । नारीहरुको कर्मको प्रभावका कारण पितृहरुले खुशी, उत्साह र उमङ्ग प्राप्त गर्न गर्छन् भन्ने विश्वास पनि छ,’ उनले भने ।


उनले पितृ लाई विशेष सेतो–पहेंलो बढी मन पर्ने, सेतो–पहेंलो फूलहरु चढाउनु पर्ने पनिबताए । सोह्र श्राद्धका दिनमा जसले श्राद्ध गरि दिन्छ र श्राद्ध लिन भनेर पितृहरु लोकमा आउने भएकाले श्राद्ध गरि दिनले हर्षोल्लास वा आनन्दका साथ, भक्तिका साथ अर्पण गर्नाले पितृले आशिर्वाद दिने पनिब ताए ।


‘पितृका लागि विशेष गरेर सेतो–पहेंलो कपडा वा फुलहरु बालुवाका आकृतिहरु, गंगाजल, आफ्नो खेतीबाट उब्जनी भएका अन्नहरु दान गर्ने, आलु, चामल आवश्यक पर्छ । १६ श्राद्धका दिनहरुमा पितृहरु अब मेरो नातीले या मेरा सन्तानले वा जसले श्राद्ध गरि दिन्छ श्राद्ध लिन भनेर पितृहरु लोकमा आउँछन् भन्ने विश्वास छ,’ उनले भने ।


उनले सोह्रश्राद्धमा जसको मृत्यु भएको छ, उनीहरुको स्मरण गर्दै पिण्ड दिने चलन रहेको बताए । श्राद्धका १६ दिन सम्म रहने दिवंगत पितृहरुलाई मात्र नभई जुनसुकै शुभकार्य गर्दा वा विवाहको पूर्वसन्ध्यामा पूर्वाङ्ग गर्न पर्ने चलन रहेको बताए ।


‘भाद्र शुक्ल पुर्णिमा पर्यन्त १६ दिन सम्म आश्विन कृष्ण प्रतिपदा आश्विन कृष्ण औसी पर्यन्त सम्मको र प्रतिपदा देखि सोह्रश्राद्ध प्रारम्भ हुन्छन् । उक्त समय दिवंगत पितृहरु साथै तीन पुस्ताको स्मरण गरिन्छ । जसको मृत्यु भएको छ, उनीहरुको स्मरण गर्दै पिण्ड दिने चलन छ । श्राद्धका क्रमहरु जुन १६ दिन सम्म रहने दिवंगत पितृहरुलाई वा जुनसुकै शुभकार्य गर्दा श्राद्धका विधिहरु अपनाइन्छ । जस्तै विवाहको पूर्वसन्ध्यामा पूर्वाङ्ग गरिन्छ चाहे कुमारीको होस् चाहे कुमारको । श्राद्ध अर्थात् शुभकार्य गर्दा पहिले पितृलाई बुझाउँछौं । त्यस पछाडि देवकर्म पक्षका कामहरु गरिन्छ ।त्यस कारण श्रद्धा साथ गरिने विषयलाई नै श्राद्ध भनेर भनिन्छ ।’


उनले तीन पुस्ता भित्रकाहरुका लागि तिथि मानेर पुरुष प्रधान मानेर श्राद्ध गर्ने प्रचलनहरु अर्थात सोह्रश्राद्धको नियमहरु रहेको बताए । पिताको तिथि अगाडि आयो भने पिताकै तिथिमा श्राद्ध गर्ने प्रचलन रहेको छ । यदि हजुरबाको तिथि अलि चाँडै आयो हजुरबाकै तिथिमा गर्ने पनि रहेको छ । यदि बुढो हजुरबाको आयो भने तीन पुस्ता भित्रका तिथि आयो भने पुरुष प्रधान मानेर श्राद्ध गर्ने प्रचलनहरु अर्थात सोह्रश्राद्धको नियमहरु रहेका छन् ।


उनले सोह्रश्राद्ध भरी शंख घण्ट बजाउन नहुने बताए । नवरात्र प्रारम्भ भए पछाडि दुर्गाको लागि उत्साह र उमंगका साथ मठमन्दिर जाने शंखघण्ट बजाउने, रातो वस्त्रहरु लगाउने चलन रहेको समेत बताए ।त्यस्तै अर्का पण्डित विदुर लोचन न्यौपानेले सोहश्राद्ध भरि शुद्ध पवित्र खानु पर्ने माछा–मासु, लसुन, प्याज, यसको सम्झ नहुने भन्दै व्रत बस्दा खेरि घाम अस्ताउनु भन्दा पूर्व शुद्ध पवित्र खाना खानु पर्ने बताए ।


सोह्र दिन सम्म नै स्नान, संध्या, वन्दनादीकर्म गरेर शुद्ध पवित्र हुनु पर्छ भन्ने शास्त्रीय मान्यता रहि आएको सुनाए ।उनले सोह्रश्राद्धमा आफ्ना इष्ट–मित्र, नाता–गोता, बन्धु वर्ग, विशेष गरेर ब्राम्हणहरू, वेदाध्यायी ब्राम्हणहरू, कन्या कुमार र आफ्ना नातिहरू, पनातीहरू, मामाहरूले भान्जालाई बोलाएर खुवाउनाले लोकमा बस्नु भएका पितृहरूले जीवनमा कुनै प्रकारको अप्ठ्यारो नपरोस भनेर आशिर्वाद प्राप्त हुने बताए ।


त्यसरी श्रद्धा गर्नाले लोकमा बस्नु भएका पितृहरूले जीवनमा कुनै प्रकारको अप्ठ्यारो नपरोस भनेर पितृले आशिर्वाद प्रदान गर्ने विश्वास छ । संसारमा सबैभन्दा ठूलो कर्म भनेको श्राद्ध भएकाले यदि श्राद्ध गरिदैन्, पितृलाई मानिदैन भनियो भने कुनै प्रकारको धर्मकर्म गरेको अर्थ नहुने उनले बताए ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२
आलेख

जेनजी आन्दोलनको छायाँमा उदाएकी निस्वार्थ दीप : आशिका तामाङ’

अशोज २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend