२५ भदौ,काठमाडौं । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कर्फ्यु आदेशलाई झन कडा बनाउने निर्णय गरेको छ ।पछिल्लो आन्दोलन पछिको परिस्थितिलाई मध्यनजर गर्दै सेनाले यस्तो कदम चालेको हो ।

सेनाले निषेधाज्ञा तथा कर्फ्युको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने अत्यावश्यक सवारी साधनहरू मात्र सञ्चालनमा रहन पाउने जनाएको छ । नेपाली सेनाले सम्बद्ध निकायहरूसँग समन्वयमा रही आन्दोलन पछिको अवस्था व्यवस्थापन गर्न पहल गरिरहेको जनाएको छ । साथै, नागरिकहरूलाई काम नपरी बाहिर ननिस्कन समेत अपील गरिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्