Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सिराहामा १५ वर्षीय किशोरको अपहरण पछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ७, २०८२
In अपराध
0

सिराहा । सिराहा जिल्लाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि निर्मम हत्या गरिएको छ। चार दिन देखि बेपत्ता रहेका अभिषेकको शव सोमबार बिहान करिब ६ बजे घरदेखि १०० मिटर पूर्व, जनता आधारभूत विद्यालय नजिकै आँपको रुखमुनि क्षतविक्षत अवस्थामा फेला परेको हो। शव सडेर दुर्गन्ध आउन थाले पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रारम्भिक अनुसन्धान अनुसार मृतकको खुट्टामा छाला सहित नीलडाम भेटिएको छ भने शवमा आगो लगाइएको वा एसिड खन्याइएको हुन सक्ने अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक अनन्त कुमार शर्माले यो घटना अपहरणपछि हत्या भएको स्पष्ट देखिएको बताएका छन्। उनले मधेश प्रदेश प्रहरी मुख्यालयबाट फरेन्सिक टोली र तालिम प्राप्त कुकुर सहितको समूह ल्याई सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

अभिषेक असोज ५ गते राति खाना खाए पछि घर बाहिर निस्किएका थिए र त्यसपछि बेपत्ता भएका थिए। भोलि पल्ट बिहान उनकी आमाको इमो खातामा अपहरणकारीले पाँच करोड रुपैयाँ फिरौती माग्दै सन्देश पठाएका थिए। परिवारले तत्कालै प्रहरीलाई जानकारी दिए पनि जीवित उद्धार सम्भव नभएको आफन्तहरूले बताएका छन्।

सात वर्ष अघि उनका पिता सञ्जय सिंहको करेण्ट लागेर मृत्यु भए पछि अभिषेक परिवारको एक मात्र उत्तराधिकारी थिए। पढाइ छाडेका उनी परिवारकै सिटी रिक्सा र ट्रयाक्टर चलाउँदै जीविकोपार्जन गर्दै आएका थिए।

यो हृदय विदारक घटना पछि डंग्राहा गाउँ शोक र त्रासले ग्रस्त भएको छ। गाउँभर रुवाबासी छाएको छ भने स्थानीयले सुरक्षा संकट बढेको गुनासो गरिरहेका छन्। प्रहरीले घटनामा संलग्न अपराधीलाई चाँडै नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

मृतकका हजुरबुवाले भने, “रातभर खोजतलास गरियो तर अभिषेक भेटिएन। भोलिपल्ट बिहान उनकी आमाको इमो आईडीमा हिन्दीमा सन्देश आयो – पाँच करोड रुपैयाँ लिएर आउनु, अभिषेक सुरक्षित छ, हाम्रो कब्जामा छ। त्यसपछि मात्र नाति अपहरणमा परेको थाहा भयो। तत्कालै प्रहरीलाई खबर गर्यौं तर जीवित उद्धार सम्भव भएन।”

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२
अपराध

धनुषामा फार्मेसी सञ्चालक सहित लागू औषध बरामद, ४ जना पक्राउ

चैत्र १८, २०८२
अपराध

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

चैत्र ३, २०८२
अपराध

२४ घण्टा भित्रै खुल्यो हत्याको रहस्य: धनुषामा प्रेमका कारण युवकको विभत्स हत्या

फाल्गुन १६, २०८२
अपराध

धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

फाल्गुन १४, २०८२
अपराध

सिरहामा खेत जोतिरहेका किसानको गोली हानी हत्या

माघ १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend