Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

महानिरीक्षक खापुङ्गले गरे मौलो एवम संकल्प पूजा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज १५, २०८२
In प्रहरी खबर 
0

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले बडादसैंका अवसरमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल स्थित मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका छन् ।

नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजा अर्चनाको क्रममा प्रहरी महानिरीक्षक खापुङ्गले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छाप समेत लगाए ।  साथै प्रहरी महानिरीक्षक खापुङ्गले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए । पूजा बिसर्जन पछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतिकका रूपमा निशान झण्डालाई लिईन्छ ।

संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरे पश्चात हरेक वर्ष बडादसैं र चैतेदसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।

 साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।  (तस्विर सौजन्य : नेपाल प्रहरी)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रहरी खबर 

अमेरिकाबाट पठाइएको रकम र जग्गा घोटाला: जनकपुरधाममा सामाजिक संस्थाका नेता नै ठगी अभियुक्त

माघ १०, २०८२
प्रहरी खबर 

धनुषाका प्रहरी निरीक्षक ओमप्रकाश यादव ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मानित

अशोज २६, २०८२
प्रहरी खबर 

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग

अशोज २४, २०८२
प्रहरी खबर 

उल्लास होइन, दुर्घटनाको कारणबन्ने गरेको छ मदिरा: एसएसपी कार्की

अशोज १२, २०८२
प्रहरी खबर 

जेनजी आन्दोलनमा कारागारबाट फरार भएका ४ जना विदेशी नागरिक धनुषामा पक्राउ

भदौ ३०, २०८२
प्रहरी खबर 

खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई धम्की दिने युवती पक्राउ

भदौ १४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

अमेरिकाबाट पठाइएको रकम र जग्गा घोटाला: जनकपुरधाममा सामाजिक संस्थाका नेता नै ठगी अभियुक्त

माघ १०, २०८२

ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयद्वारा बृहत् शैक्षिक मेला–२०८२ सम्पन्न

माघ ८, २०८२

भारत द्वारा निर्वाचन सहयोग: पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण

माघ ६, २०८२

१ लाख रुपैयाँ सम्म ऋण मिनाहा गर्ने सरकारको तयारी

माघ ६, २०८२

३ लाख सम्मको ऋण मिनाहा तयारी, जनकपुरधाममा ऋणीलाई राहतको आशा

पुस ३०, २०८२

जनकपुरधामको फूटपाथ खाली गराउन पत्रकार ध्रुब झाको साहसिक अभियान

पुस २८, २०८२

जनकपुरधाममा ई–रिक्शाको विकल्पका रूपमा नगर बस सञ्चालनको तयारी

पुस २७, २०८२

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend