Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाममा ई–रिक्शाको विकल्पका रूपमा नगर बस सञ्चालनको तयारी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस २७, २०८२
In स्थानीय
0

(आशिष कुमार मण्डल),२७ पुष,धनुषा : जनकपुरधाममा बढ्दो सवारी चाप, ट्राफिक समस्या र वायु प्रदूषणलाई मध्यनजर गर्दै ई–रिक्शाको विकल्पका रूपमा नगर बस सञ्चालन गर्ने तयारी थालिएको छ। नगर बस सञ्चालनले आम सर्वसाधारण देखि पर्यटक सम्म लाई सहज, सुरक्षित र किफायती यातायात सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

नगर बस सञ्चालन भएमा हाल अनियन्त्रित रूपमा चलिरहेका ई–रिक्शाको चाप घट्नेछ, जसले सडक व्यवस्थापनलाई थप सहज बनाउनेछ। विशेष गरी ब्याट्री बाट चल्ने (इलेक्ट्रिक) नगर बस प्रयोग गरिएमा इन्धनको खपत घट्नुका साथै ध्वनि तथा वायु प्रदूषणमा उल्लेखनीय कमी आउने सरोकारवालाहरूको भनाइ छ।

जनकपुरधाम धार्मिक तथा पर्यटकीय नगरी भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि व्यवस्थित यातायात सेवा अत्यन्त आवश्यक छ। नगर बस मार्फत जानकी मन्दिर, राम मन्दिर, मिथिला कला केन्द्र, स्टेशन तथा प्रमुख चोकहरू जोडिएमा पर्यटकलाई सहज घुमफिरको सुविधा मिल्नेछ, जसले पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याउने छ।

हाल जनकपुरधाममा बढ्दो सवारी साधनका कारण उत्पन्न प्रदूषणले जानकी मन्दिर क्षेत्र समेत प्रभावित हुँदै गएको स्थानीयवासीहरूको गुनासो छ। यस्तो अवस्थामा वातावरणमैत्री नगर बस सञ्चालन नगरको सौन्दर्य, धार्मिक महत्त्व र जनस्वास्थ्य संरक्षणका लागि समयसापेक्ष कदम हुने देखिन्छ।

भाडादर पनि सर्वसाधारणको पहुँचमा हुने गरी निर्धारण गरिएमा विद्यार्थी, मजदुर, वृद्ध-वृद्धा र दैनिक यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ। नगर बस सञ्चालन सँगै ट्राफिक अनुशासन, निर्धारित रुट र समयतालिका लागू गरिए जनकपुरधामको शहरी यातायात प्रणाली थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

सरोकारवालाहरूले नगरपालिकाले दीर्घकालीन योजना बनाएर इलेक्ट्रिक नगर बस सेवा शीघ्र कार्यान्वयन गर्नु पर्ने माग गरेका छन्। यसले जनकपुरधामलाई स्वच्छ, सुन्दर र पर्यावरणमैत्री सहरका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

  • 29shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३
स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend