Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन १, २०८२
In स्थानीय
0

१ फागुन,रौतहट । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै उत्कृष्ट घोषित भएको छ । १७ वटा विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा गौरले ६६.१७ अङ्क प्राप्त गर्दै जिल्लाका १८ स्थानीय तह मध्ये पहिलो स्थान हासिल गरेको हो ।

आयोगको प्रतिवेदन अनुसार राजपुर नगरपालिका ५९.९६ अङ्कसहित दोस्रो र बौधीमाई नगरपालिका ५९.७४ अङ्क सहित तेस्रो स्थानमा रहेका छन् । इशनाथ (५९.५९), मौलापुर (५८.९७), परोहा (५७.१४), राजदेवी (५२.५१), माधव नारायण (५२.४०) र चन्द्रपुर नगरपालिका (५०.९०) अङ्कसहित मध्यम स्थानमा छन् । गुजरा (४८.७३), गढीमाई (४६.२०), यमुनामाई (४६.०६), गरुडा (४३.८४), कटहरिया (४३.७५), दुर्गा भगवती (४२.६०), फतुवा विजयपुर (३५.४१) र वृन्दावन (३१.६९) अङ्क कार्यसम्पादन मूल्याङ्कनमा ल्याएका हुन् ।

गुजरा (४८.७३), गढीमाई (४६.२०), यमुनामाई (४६.०६), गरुडा (४३.८४), कटहरिया (४३.७५), दुर्गा भगवती (४२.६०), फतुवा विजयपुर (३५.४१) र वृन्दावन (३१.६९) कार्य सम्पादन मूल्याङ्कनमा कमजोर देखिएका छन् । देवाही गोनाही नगरपालिका ३०.९१ अङ्कका साथ जिल्लाकै अन्तिम स्थानमा पुगेको छ । गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले यो सफलतालाई नगरवासीको साझा उपलब्धि भन्दै यसले सुशासन र सेवा प्रवाहमा थप ऊर्जा प्रदान गरेको बताए । उनले आगामी दिनमा पारदर्शिता र जवाफदेहितालाई थप प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

आयोगले स्थानीय तहको बजेट तथा राजस्व व्यवस्थापन, लेखापरीक्षण, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य (खोप र मातृस्वास्थ्य), राजस्व परिचालन, योजना तर्जुमा र बेरुजु व्यवस्थापन जस्ता महत्वपूर्ण १७ सूचकहरूलाई आधार मानेर यो अङ्क प्रदान गरेको हो ।

  • 62shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२
स्थानीय

जनकपुरधाममा एचपीभी खोप अभियान शुरु हुँदै, पाठेघरको मुखको क्यान्सर विरुद्ध नि:शुल्क खोप

माघ २१, २०८२
स्थानीय

जनकपुरधामको फूटपाथ खाली गराउन पत्रकार ध्रुब झाको साहसिक अभियान

पुस २८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend