Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ २१, २०८२
In स्थानीय
0

२१ माघ,जनकपुरधाम । जनकपुरधामको अत्यन्तै व्यस्त र सधैं ट्राफिक जामको समस्या रहने रामानन्द चौकदेखि जनक चौकसम्मको सडक एकतर्फी (वन–वे) प्रणालीमा सञ्चालनमा ल्याइएको छ। जनकपुरधाम उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाको संयुक्त तथा विशेष निर्णयअनुसार यो व्यवस्था लागू गरिएको हो।

यो नियम लागू भएपछि सवारी साधनहरू रामानन्द चौकबाट जनक चौकतर्फ मात्र जान पाउनेछन् भने विपरीत दिशाबाट आउने सवारी साधनहरूका लागि वैकल्पिक मार्गको व्यवस्था मिलाइएको छ। यस व्यवस्थाले सडकमा हुने सवारीको चापलाई आधा घटाउने र पैदलयात्रीहरूका लागि हिँडडुल गर्न सहज वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ।

नगर प्रशासनले सडकलाई थप व्यवस्थित बनाउन ‘नो पार्किङ’ क्षेत्रहरू कडाइका साथ कार्यान्वयन गर्ने र नियम उल्लंघन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिएको छ।चार पाङ्ग्रे सवारी साधन र ई–रिक्शाको अत्यधिक चापका कारण यस सडक खण्डमा लामो समयदेखि सवारी आवागमन अव्यवस्थित बन्दै आएको थियो। विशेषगरी ई–रिक्शाको भिडले पैदल यात्रुहरू समेत असहज र जोखिमपूर्ण यात्रामा बाध्य हुँदै आएका थिए।

यो व्यवस्था जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाको तत्वधानमा कार्यान्वयनमा ल्याइएको हो। यसले जानकी मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी पर्यटक तथा भक्तजनहरूलाई सहज, सुरक्षित र व्यवस्थित आवत–जावतको सुविधा दिने अपेक्षा गरिएको छ। साथै, प्रादेशिक अस्पतालमा उपचार तथा जाँच गराउन आउने बिरामी र एम्बुलेन्स सेवाका लागि पनि अब यो सडक बढी सहज हुने जनाइएको छ।

नगर प्रमुख मनोज कुमार साहको विशेष निर्देशनमा यो निर्णय गरिएको जनाउँदै उपमहानगरपालिकाले यसलाई शहरी ट्राफिक व्यवस्थापन सुधार तर्फको महत्वपूर्ण कदमका रूपमा अघि सारेको छ। नगर प्रमुख साहले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको ट्राफिक समस्या समाधान गर्नु नगर सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै सबैको सहकार्य बिना दीर्घकालीन सुधार सम्भव नहुने बताएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले वन–वे प्रणालीले सवारी चाप व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताए। “यो सडक पहिले अत्यधिक जाम लाग्ने सडकका रूपमा परिचित थियो। वन–वे लागू भएपछि दुर्घटना न्यूनीकरण, पैदल यात्रुको सुरक्षा र आपतकालीन सवारीको आवागमन सहज हुने विश्वास लिएका छौं,” उनले भने। साथै उनले नियम पालना गर्न विशेष गरी ई–रिक्शा चालकहरूलाई आग्रह गर्दै सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल जानकी मन्दिर प्रवेश गर्ने मुख्य मार्ग भएकाले यस सडक खण्डमा दैनिक हजारौँको संख्यामा सवारी साधन र पैदलयात्रीहरूको आवागमन हुने गर्दछ। दुईतर्फी यातायात सञ्चालन हुँदा विशेषगरी पिक-आवरमा एम्बुलेन्स र अत्यावश्यक सवारी साधनहरूसमेत घण्टौँसम्म जाममा फस्ने गरेका थिए। अव्यवस्थित ठेला गाडा र सडकमै पार्किङ गर्ने प्रवृत्तिका कारण सहरको सुन्दरतामा समेत ह्रास आएको गुनासो बढ्दै गएपछि ट्राफिक प्रहरीले यस खण्डमा सवारी साधनको आवागमनलाई एकतर्फी बनाउने योजनालाई अन्तिम रूप दिएको हो।

स्थानीय अगुवा सरोज कुमार मिश्रले लामो समय देखिको जनगुनासोलाई सम्बोधन गर्ने निर्णय भएको भन्दै उपमहानगरपालिका र ट्राफिक प्रहरीको पहललाई स्वागत गरे। “यस क्षेत्रमा जाम र ई–रिक्शाको अव्यवस्थाले सर्वसाधारण अत्यन्तै हैरान थिए। वन–वे र फुटपाथ व्यवस्थापन प्रभावकारी रूपमा लागू भए जनजीवन धेरै सहज हुनेछ,” उनले बताए।

स्थानीय व्यवसायीहरूले पनि यस कदमको स्वागत गर्दै सहरलाई व्यवस्थित बनाउन यो अनिवार्य रहेको धारणा व्यक्त गरेका छन्। सडक व्यवस्थापनको यो नयाँ प्रयासले जनकपुरधामको ट्राफिक प्रणालीमा मात्र सुधार ल्याउने छैन, बरु सहरलाई अझ बढी आधुनिक र पर्यटक-मैत्री बनाउन समेत महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ। प्रशासनले यो नियम पूर्ण रूपमा कार्यान्वयनमा आएपछि नगरका अन्य व्यस्त क्षेत्रहरूमा पनि यस्तै किसिमको ट्राफिक व्यवस्थापन लागू गर्ने योजना बनाएको छ।

वन–वे कार्यान्वयनसँगै फुटपाथ व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिने जनाइएको छ। अतिक्रमण हटाई पैदल यात्रुका लागि सुरक्षित हिँडडुलको व्यवस्था गरिने र सडक अनुशासन कडाइका साथ लागू गरिने तयारी रहेको छ।

यस अभियानको सफलताका लागि सबै सरोकारवाला, विशेष गरी ई–रिक्शा चालकहरूको सक्रिय सहयोग अपरिहार्य रहेको भन्दै सम्बन्धित निकायले ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गरेका छन्।

  • 22shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३
स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

जनकपुरधाममा एचपीभी खोप अभियान शुरु हुँदै, पाठेघरको मुखको क्यान्सर विरुद्ध नि:शुल्क खोप

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend