Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १६, २०८२
In स्थानीय
0

१५ चैत,जनकपुर । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो पछिल्ला दिनमा जनकपुरधाममा सञ्चालन गरिएको अतिक्रमण हटाउने अभियानका कारण ‘बुलडोजर मन्त्री’ का रूपमा चर्चामा आएका छन्। स्थानीयले उनलाई भारतका योगी आदित्यनाथ सँग तुलना गर्न थालेका छन्।

केही दिनयता मन्त्री महतो स्वयं सडक, चोक र मन्दिर आसपासका फुटपाथ खाली गराउन सक्रिय रूपमा खटिँदै आएका छन्। यसैक्रममा आज जनकपुरधाम स्थित गंगासागर पोखरी नजिकको हेरिटेज वाक क्षेत्रमा रहेका अवैध टहरा तथा फुटपाथमा सञ्चालन भइरहेका पसलहरूमा डोजर चलाएर हटाइएको छ।

मन्त्री महतोको नेतृत्वमा पुगेको टोलीले अनाधिकृत संरचना हटाएको हो। करिब १० दिन अघि नै व्यवसायीहरूलाई स्थान खाली गर्न सूचना दिइएको भए पनि अटेर गरेपछि बाध्य भएर डोजर प्रयोग गरिएको मन्त्री महतोले बताए।

उनका अनुसार जनकपुरधामलाई स्वच्छ, सफा र व्यवस्थित पर्यटकीय सहरका रूपमा विकास गर्ने लक्ष्य सहित प्रदेश सरकारले जनकपुरधाम उपमहानगरपालिका र उद्योग वाणिज्य संघ जनकपुरधाम सँग समन्वय गर्दै फुटपाथ व्यवस्थापन अभियान अघि बढाएको हो।

यता, फुटपाथमा व्यवसाय गर्दै आएका व्यापारीहरूले वैकल्पिक व्यवस्था नगरी डोजर चलाउनु अन्याय भएको गुनासो गरेका छन्। उनीहरूले आफूहरूलाई अन्यत्र स्थान उपलब्ध गराइ पुन:स्थापना गर्न माग गरेका छन्।

यस अभियान प्रति जनकपुरवासीको मिश्रित प्रतिक्रिया देखिएको छ। धेरैले सहरको सौन्दर्य र व्यवस्थापनका लागि आवश्यक कदम भन्दै समर्थन जनाएका छन् भने केहीले गरीब व्यवसायीमाथि असर परेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३
स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२
स्थानीय

जनकपुरधाममा एचपीभी खोप अभियान शुरु हुँदै, पाठेघरको मुखको क्यान्सर विरुद्ध नि:शुल्क खोप

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend