Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाममा एचपीभी खोप अभियान शुरु हुँदै, पाठेघरको मुखको क्यान्सर विरुद्ध नि:शुल्क खोप

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ २१, २०८२
In स्थानीय
0

२१ माघ,जनकपुरधाम । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) विरुद्धको एचपीभी खोप अभियान सञ्चालनका लागि आज मिति २०८२।१०।२१ गते जनकपुरधाम उपमहानगरपालिकामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख मनोज कुमार साहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा खोप अभियानको उद्देश्य, कार्ययोजना तथा लक्षित समूह बारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख जय कुमार साह, स्वास्थ्य शाखा प्रमुख विजय साह सहित विभिन्न शाखा प्रमुखहरू, नगरभित्रका वडास्तरीय स्वास्थ्यकर्मीहरू तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले एचपीभी खोपले बालिकाहरूको भविष्य सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै अभियानलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

स्वास्थ्य शाखाका अनुसार यो खोप अभियान यही माघ २५ गते देखि फाल्गुन १० गते सम्म सञ्चालन गरिनेछ। अभियान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडामा रहेका विद्यालयहरू तथा प्रत्येक वडाका वडाखोप केन्द्र मार्फत खोप प्रदान गरिनेछ। कक्षा ६ मा अध्ययनरत बालिकाहरू, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिकाहरू, साथै गत वर्षको अभियानमा छुट भएका ११ देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई यो खोप पूर्ण रूपमा नि:शुल्क लगाइने जनाइएको छ।

नगर प्रमुख साहले कार्यक्रममा बोल्दै सर्भाइकल क्यान्सर महिलामा देखिने गम्भीर स्वास्थ्य समस्या मध्ये एक भएकाले यसको रोकथामका लागि एचपीभी खोप अत्यन्त प्रभावकारी रहेको बताए। उनले अभिभावक, विद्यालय प्रशासन तथा समुदायका सबै पक्षलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै लक्षित समूहका कुनै पनि बालिका खोप बाट वञ्चित नहोउन् भन्नेमा उपमहानगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे।

स्वास्थ्यकर्मीहरूले खोप सुरक्षित र प्रभावकारी रहेको जानकारी दिँदै निर्धारित समयमै खोप लगाउन अभिभावकहरू लाई सचेत गराएका छन्। उपमहानगरपालिकाले यो अभियानले दीर्घकालीन रूपमा महिला स्वास्थ्य संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ।

  • 39shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३
स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend