Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधामको फूटपाथ खाली गराउन पत्रकार ध्रुब झाको साहसिक अभियान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस २८, २०८२
In स्थानीय
0

२८ पुष,जनकपुर : जनकपुरधाममा बढ्दो फूटपाथ अतिक्रमणका कारण सर्वसाधारण पैदलयात्रीहरू गम्भीर समस्यामा परिरहेका बेला यस विषयमा पत्रकार ध्रुब झाले सक्रिय पहल शुरु गरेका छन्। फूटपाथ खाली गराई व्यवस्थित सहर निर्माण गर्ने उद्देश्य सहित उनले अभियानको शुरुवात गरेका हुन्।

विगत लामो समय देखि जनकपुरधामका मुख्य सडक र बजार क्षेत्रका फूटपाथहरू अव्यवस्थित व्यापार, अतिक्रमण र बेवास्ताका कारण पैदल हिँड्नै नसक्ने अवस्थामा पुगेका छन्। यस प्रति सरकार, सरोकारवाला निकाय र जिम्मेवार पक्षहरू मौन बसेको आरोप स्थानीयवासीहरूले लगाउँदै आएका छन्।

पत्रकार ध्रुब झाले फूटपाथ व्यवस्थापनको विषयलाई सार्वजनिक बहसमा ल्याउँदै “यदि सरकार र सरोकारवाला निकाय इमानदार र जिम्मेवार भएको भए आज जनकपुरधामले यस्तो दुर्दशा भोग्नुपर्ने थिएन” भन्ने प्रश्न उठाएका छन्। उनको यो अभियानलाई धेरैले सकारात्मक र सराहनीय पहलका रूपमा लिएका छन्।

तर सरोकारवालाहरूका अनुसार एक जना व्यक्तिको प्रयासले मात्र शहरमा परिवर्तन सम्भव छैन। जनकपुरधामसँग सरोकार राख्ने सबै पक्ष—नगरपालिका, प्रशासन, व्यापारी, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारण—सबैको सहकार्य, सहभागिता र समर्थन आवश्यक छ। दुर्भाग्यवश, परिवर्तन चाहने धेरै भए पनि परिवर्तनका लागि संघर्षरत व्यक्तिलाई सहयोग, हौसला र सहकार्य गर्ने प्रवृत्ति अत्यन्त न्यून देखिन्छ।

स्थानीय समाजमा नेता, पार्टी, पत्रकार वा समाजसेवीको नाममा गलत प्रवृत्तिका मानिसहरू सक्रिय भएकै कारण केही इमानदार र राम्रो काम गर्नेहरू पनि शंकाको दृष्टिले हेरिने अवस्था बनेको टिप्पणी समेत गरिएको छ। यस्ता ठग प्रवृत्तिका कारण समाजमा सही र गलत छुट्याउने क्षमतामै असर परेको जानकारहरू बताउँछन्।

सरोकारवालाहरूले वास्तविकता बुझी सकारात्मक पहललाई खुलेर सराहना र समर्थन गर्न तथा गलत प्रवृत्तिको आलोचना र बहिष्कार गर्न सक्ने साहस समाजमा विकास हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार चापलुसी र चाटुकारिताले क्षणिक लाभ त दिन सक्छ, तर दीर्घकालीन रूपमा यसले समाजलाई गम्भीर क्षति पुर्‍याउने गर्दछ।

जनकपुरधामको फूटपाथ व्यवस्थापन केवल पत्रकार ध्रुब झाको अभियानमा सीमित नरही सामूहिक जिम्मेवारीको विषय बन्नु पर्ने आवाज अहिले थप सशक्त बन्दै गएको छ।

  • 32shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३
स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend