काठमाडौं, १ कातिक । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भाइटीकाको दिन बाहेक अन्य दिनहरुमा पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ।
केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गर्दै व्यापार सहज बनाउने तथा आपूर्ति प्रणालीलाई निरन्तर सञ्चालनमा राख्ने उद्देश्यले बैंकिङ सेवा निरन्तर सञ्चालन गर्न अनुरोध गरेको हो।
त्यस्तै, राष्ट्र बैंकले शनिबारका दिनका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (RTGS) प्रणाली बिहान १० बजेदेखि साँझ ४ बजे सम्म सञ्चालन हुने जानकारी पनि दिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्