Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयद्वारा बृहत् शैक्षिक मेला–२०८२ सम्पन्न

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ ८, २०८२
In शिक्षा
0

८ माघ,जनकपुरधाम : जनकपुरधामको शिक्षा क्षेत्रमा ऐतिहासिक पहिचान बनाउँदै आएको ज्ञानकूप संस्कृत माध्यमिक विद्यालय–८ ले बृहत् शैक्षिक मेला–२०८२ को सफल आयोजना गरेको छ। विद्यार्थीमा रहेको सिर्जनशीलता, व्यवहारिक ज्ञान र सिकाइ उपलब्धि सार्वजनिक रूपमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा ४५ भन्दा बढी विद्यार्थी–निर्मित स्टलहरू प्रदर्शनमा राखिएका थिए।

मेलामा विद्यार्थीहरूले कक्षा कोठामा सिकेका पाठ्यक्रमका विषयहरूलाई व्यवहारमा उतार्दै विज्ञान, संस्कृति, समाज, वातावरण तथा सिर्जनात्मक विषयमा विविध स्टलहरू तयार गरेका थिए। साथै विद्यार्थीहरूले प्रस्तुत गरेको लोक नृत्य ले कार्यक्रममा थप आकर्षण थपेको थियो। मेलामा शिक्षक, विशिष्ट व्यक्तित्व, पत्रकार, अभिभावक, वडावासी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने विद्यार्थीहरू उत्साहपूर्ण सहभागितामा देखिएका थिए।

बृहत् शैक्षिक मेलाको अनुगमनका क्रममा बोल्दै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ ले शिक्षा केवल कक्षा कोठाभित्र सीमित नहुने स्पष्ट पार्नुभयो। उहाँले भन्नु भयो, “कक्षा कोठामा प्रदान गरिने ज्ञान मात्रै शिक्षा होइन। यस्तो शैक्षिक मेला जस्ता कार्यक्रमले विद्यार्थीको क्षमता उजागर गर्छ, त्यसैले यस्ता गतिविधि समय–समयमा हुन आवश्यक छ।”

प्रदेश प्रमुख लाभले यो धर्ती उर्वर र उत्पादक रहेको उल्लेख गर्दै भन्नुभयो, “यो धर्तीले भोलि हेलिकप्टर, एरोप्लेन मात्रै होइन, रकेट सम्म बनाउन सक्ने क्षमता राख्छ। यहाँ एक से एक विद्वान जन्मिने गरेका छन्, विशेष गरी ज्ञानको केन्द्र बनेका विद्यालयहरूमा।”

विद्यालयले आयोजना गरेको शैक्षिक मेलाको उद्देश्य बारे जानकारी दिँदै प्रधानाध्यापक संजय कुमार झा ले कक्षा कोठामा सिकाइएको ज्ञान विद्यार्थीहरूले कति आत्मसात् गरेका छन् भन्ने मूल्याङ्कन गर्न मेलाको आयोजना गरिएको बताउनु भयो। उहाँले भन्नु भयो, “विद्यार्थीहरूले पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धिहरू कति ग्रहण गरेका छन्, शिक्षकले पढाएको कुरा कति प्रभावकारी भयो भन्ने कुरा प्रस्तुत गर्ने उद्देश्यले यो शैक्षिक मेला आयोजना गरिएको हो।”

प्रधानाध्यापक झाका अनुसार प्रारम्भमा २० वटा स्टलको मात्रै व्यवस्था गरिएको भए पनि विद्यार्थीहरूको उत्साहका कारण मेलामा ४७ जना विद्यार्थी सक्रिय सहभागी भएका थिए।बृहत् शैक्षिक मेलाले ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयलाई केवल शैक्षिक संस्था मात्र नभई व्यवहारिक, सिर्जनात्मक र गुणस्तरीय शिक्षाको केन्द्रको रूपमा स्थापित गरेको सहभागीहरूको भनाइ रहेको छ।

  • 3shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

शिक्षा

धनुषामा शान्त र व्यवस्थित रूपमा एसइई परीक्षा सुरु

चैत्र १९, २०८२
शिक्षा

भोली देखि एसइइ परीक्षा शुरु, मधेश प्रदेशमा पनि व्यापक तयारी

चैत्र १८, २०८२
शिक्षा

पूर्वी पहाड र मधेशका विद्यार्थीलाई राहत : जनता क्याम्पसमा छात्रावास निर्माण शुरु

चैत्र १४, २०८२
शिक्षा

मधेशमा एसईईको तयारी पूरा, ८७ हजार भन्दा बढी विद्यार्थी सहभागी हुँदै

चैत्र १२, २०८२
शिक्षा

काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुन: सञ्चालनमा

भदौ ३०, २०८२
शिक्षा

कक्षा १२ को नतिजा प्रकाशित

साउन १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend