Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पूर्वी पहाड र मधेशका विद्यार्थीलाई राहत : जनता क्याम्पसमा छात्रावास निर्माण शुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १४, २०८२
In शिक्षा
0

१४ चैत,विराटनगर । सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न टाढाटाढाबाट आउने विद्यार्थीका लागि दीर्घकालीन समाधान खोज्दै छात्र तथा छात्राका लागि छुट्टाछुट्टै छात्रावास निर्माण कार्य सुरु गरिएको छ । यसलाई क्याम्पसले ‘शिक्षामा पहुँच विस्तार’ को रणनीतिक कदमका रूपमा अघि बढाएको जनाएको छ ।


झण्डै पाँच करोड रुपैयाँ लागतमा बन्ने छात्रावासको शनिबार क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीले सिलान्यास गरेका हुन् ।संघीय सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा पहिलो किस्ताबापत १ करोड ४२ लाख रुपैयाँ निकासा भएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो ।


पहिलो चरणमा छात्र र छात्राका लागि अलग–अलग एकतले भवन निर्माण गरिनेछ, जसमा प्रत्येकतर्फ १४–१४ वटा कोठा रहनेछन् । निर्माणको जिम्मा चारुमति कन्ट्रक्सन प्रालि ले पाएको छ । ठेकेदार जीवन तिम्सिनाका अनुसार पहिलो चरणको काम २०८४ पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


क्याम्पसका पदाधिकारीहरूका अनुसार छात्रावास निर्माणले विशेषगरी पूर्वी पहाडी जिल्ला र मधेश प्रदेश बाट आउने विद्यार्थीलाई ठूलो राहत दिनेछ । हाल ती विद्यार्थीहरूलाई डेरा खोज्ने र महँगो भाडा तिर्ने बाध्यता रहेको छ । छात्रावास बनेपछि त्यस्तो समस्या अन्त्य हुने विश्वास लिइएको छ ।


क्याम्पस प्रमुख डा। गीता अधिकारीका अनुसार दुर्गम र आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न छात्रावास निर्णायक बन्नेछ । ‘नियमित उपस्थिती,अध्ययनमा निरन्तरता र समग्र शैक्षिक उपलब्धीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छौं,’ उनले भनिन् ।


जनता क्याम्पसले पछिल्लो समय विद्यार्थीमैत्री सेवाहरू विस्तार गर्दै आएको छ । हाल क्याम्पसले ७ वटा बसमार्फत सुनसरी र पूर्वी मोरङका विभिन्न स्थानबाट विद्यार्थीलाई निःशुल्क आवतजावत सुविधा दिँदै आएको छ ।यसैबीच, क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई समेत प्राथमिकता दिएको छ ।

भारतका बाबा मस्तनाथ विश्वविद्यालय र श्री जे जे टी विश्वविद्यालय सँग सम्झौता गर्दै शैक्षिक आदान–प्रदानलाई विस्तार गरिएको छ ।विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गरिसकेको क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालनमा छन् भने कक्षा ११–१२ समेत पढाइ हुँदै आएको छ । क्याम्पसमा हाल ५ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

शिक्षा

धनुषामा शान्त र व्यवस्थित रूपमा एसइई परीक्षा सुरु

चैत्र १९, २०८२
शिक्षा

भोली देखि एसइइ परीक्षा शुरु, मधेश प्रदेशमा पनि व्यापक तयारी

चैत्र १८, २०८२
शिक्षा

मधेशमा एसईईको तयारी पूरा, ८७ हजार भन्दा बढी विद्यार्थी सहभागी हुँदै

चैत्र १२, २०८२
शिक्षा

ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयद्वारा बृहत् शैक्षिक मेला–२०८२ सम्पन्न

माघ ८, २०८२
शिक्षा

काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुन: सञ्चालनमा

भदौ ३०, २०८२
शिक्षा

कक्षा १२ को नतिजा प्रकाशित

साउन १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend