१२ चैत,जनकपुरधाम : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मधेश प्रदेशबाट ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशले जनकपुरधाममा आयोजना गरेको एसईई २०८२ सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार प्रदेश भरका १ हजार ३१६ विद्यालयका विद्यार्थी परीक्षा दिन लागेका हुन् ।
निर्देशनालयका निर्देशक महेन्द्र महतोका अनुसार जिल्लागत रूपमा हेर्दा धनुषा बाट सबैभन्दा बढी १३ हजार २६२ जना विद्यार्थी सहभागी हुँदैछन् । त्यस्तै, सिरहाबाट ११ हजार ३८, महोत्तरीबाट ११ हजार ३५१ र सर्लाहीबाट ११ हजार ३७१ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
सप्तरीबाट ९ हजार २७६, रौतहटबाट ९ हजार ७७७, बाराबाट १० हजार ८१३ तथा पर्साबाट १० हजार ७०३ जना विद्यार्थी एसईईमा सहभागी हुने निर्देशनालयले जनाएको छ ।परीक्षा व्यवस्थापनका लागि मधेशका आठै जिल्लामा व्यापक जनशक्ति परिचालन गरिने भएको छ । कुल ११ हजार ७८९ कर्मचारी परीक्षामा खटिने छन् ।
जस अन्तर्गत २९९ परीक्षा केन्द्रमा २९९ केन्द्राध्यक्ष, ४३३ सहायक केन्द्राध्यक्ष, ४ हजार २३५ निरीक्षक तथा ७३४ परीक्षा सहायक परिचालन गरिनेछ ।सुरक्षा व्यवस्थालाई पनि प्राथमिकता दिँदै ८ वटै जिल्लाका परीक्षा केन्द्रहरूमा ४ हजार ४८५ सुरक्षाकर्मी खटाइने तयारी गरिएको निर्देशनालयले जनाएको छ ।
यस वर्षको एसईईलाई व्यवस्थित, मर्यादित र निस्पक्ष बनाउन प्रदेश सरकारले विशेष ध्यान दिएको बताइएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्