८ असोज,भदौ शुक्ल त्रयोदशी,काठमाडौं : रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढी पछि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि परिचालन गरिएको प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ मौज्दात रहेको जनाइएको छ। यस्तै, कोषका दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ५४ लाख ७१ हजार ५४६ अमेरिकी डलर समेत मौज्दात रहेको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।
बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा आवश्यक व्यवस्थापनका लागि ठूलो रकम आवश्यक पर्ने अवस्थामा कोषमा रहेको मौज्दातलाई विपद् प्रभावित क्षेत्रमा पारदर्शी र प्रभावकारी रूपमा परिचालन गर्नु पर्ने आवश्यकता देखिएको छ।
सरकारले विपद्का बेला तत्काल राहत उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री राहत कोष मार्फत स्रोत परिचालन गर्दै आएको छ। पछिल्लो बाढीपछि कोषबाट १ अर्ब रुपैयाँ निकासा भएसँगै प्रभावित क्षेत्रका नागरिकलाई राहत तथा उद्धार कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्