Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जापान र चीन उड्दै नेपाल एयरलाइन्स

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २८, २०७६
In व्यापार
0

२८ चैत,काठमाडौँ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइड बडी ए–३३० जहाजले आज जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान भर्दै छन् । निगमका यी दुवै जहाजको व्यावसायिक उडान नभइ चाटर्ड र कार्गो उडान मात्रै हुन् ।जापानले निगमको वाइड बडी जहाज चाटर्ड गरीे नेपालमा रोकिएका २०० भन्दा बढी नागरिक स्वदेश लैजान लागेको छ भने निगमको अर्को वाइड बडी जहाज मेडिकल सामग्री लिन ग्वाङ्जाओ उड्ने तयारीमा रहेको हो ।आज राति ८ बजे निगमको जहाज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने कार्यतालिका रहेको अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यो जहाज जापानी नागरिकलाई गन्तव्यमा पु¥याएर शनिबार नेपाल फर्कने जनाइएको छ ।

निगमको जहाज जापानी नागरिकलाई लिएर आज राति त्यसतर्फ जान लागेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आजै निगमको अर्को वाइड बडी जहाज पनि औषधिजन्य सामग्री लिन ग्वाङ्जाओ उड्दैछ ।नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगित गरिएको छ । निगमले जापानसहित नौ गन्तब्यमा आफ्ना दुइ वाइड बडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमको अर्को वाइड बडी जहाज आज साँझ ६ बजे चीनको ग्वाङ्जाओ उड्नेछ ।

आजै चार अन्तर्राष्ट्रिय उडान

चैत ११ देखि वैशाख ३ गतेसम्म देशभर लकडाउन घोषणा गरिएको छ । यो अवधिमा चैत १० देखि वैशाख १५ सम्म चरणबद्धरुपमा अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ ।तर अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक चाटर्ड तथा केही कार्गो उडान भइरहेका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई विभिन्न देशले जहाज चाटर्ड गरी स्वदेश फर्काइ रहेका छन् । आज मात्रै चार अन्तर्राष्ट्रिय उडान हुदैछन् । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले लकडाउनको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त रहेको र आज मात्रै चार उडान हुने बताउनुभयो ।

केहीबेरअघि बेलायतको टीटान एयरवेजले २४२ बृटिस नागरिक लिएर गन्तव्यतर्फ उडेको छ । बेलायतले नेपालस्थित दूतावासको समन्वयमा जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको हो ।त्यसैगरी कोरियन एयरले पनि आज आफ्ना नागरिक स्वदेश लैजाँदैछ । बेलायतले यसअघि चैत २६ गते पनि सोही जहाजमार्फत आफ्ना करिब २५० नागरिक स्वदेश फिर्ता लगेको थियो । कोरियन एयरको उडानमार्फत उनीहरुलाई घर फर्काउन लागिएको हो । लकडाउनको अवधिमा कोरियन एयरको यो दोस्रो उडान हो । लकडाउनको अवधिमा दुई दर्जन अन्तर्राष्ट्रिय उडान भएका छन् ।

चैत १० देखि आजसम्म जम्मा २४ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलले जनाएको छ । यी उडानमार्फत तीन हजार ५०० भन्दा बढी विदेशी घर फर्किएका छन् । सबैभन्दा बढी उडान गर्नेमा कतार एयरवेजको नौ, नेपाल एयरलाइन्सको छ वटा उडान भएका छन् । त्यस्तै कोरियन एयरको दुई, टीटान एयरको दुई तथा मलेयिसया, मालिन्दो, इत्तिहाद र चेकरिपब्लिकनको समान एक–एक उडान भएका छन् ।यसैबीचमा विशेष गरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजील्याण्डलगायतका तथा मलेसिया, चेकरिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घरफर्किएका हुन् । नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याएर स्वदेश फिर्ताका लागि सहजीकरण गरेको थियो ।(रासस)

  • 17shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

फाल्गुन १, २०८२
व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend