१५ जेठ,काठमाडाैँ : सरकारले अगामी वर्षसम्म फाइबर टु होमबाट सबै स्थानमा इन्टरनेट पुर्याउने र आगामी वर्ष सम्म देशभरी फोर जी सेवा उपलब्ध हुने बताइएको छ । सबै प्रदेशमा सञ्चारग्राम र नेपाल टेलिभिजनलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने अर्थमन्त्री अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा सार्वजनिक गर्नुभएको छ ।
उहाँले पत्रकार बिमालाई निरन्तरता दिने बताउनुभएको छ । अनलाइनबाट समेत लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारण गरिने भएको छ । प्रत्येक प्रदेशमा चलचित्र छायाङ्कन गर्ने र चलचित्र विकास बाेर्डलाई भवन निर्माणका लागि रकमको व्यवस्था गरिएको उहाँले बजेट भाषणमा उल्लेख गर्नुभएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्