जनकपुरधाम, ५ साउन : (रवि मण्डल)
श्रावण महिनाको पहिलो सोमवार को अवसरमा भक्तजनहरुले आज बिहानैदेखि जनकपुरधाम को शिवालय मन्दिर हरु मा पूजा आजा एवं दर्शन गरेका छन्। बिहान ४ बजेदेखि मन्दिर का चारै ढोका खोलिएको थियो भने भक्तजनहरु बिहान ३ः३० बजेदेखिनै पूजा एवं दर्शनका लागि ठुलो भिड सहित लाइन मा प्रतिक्षारत थिए ।

जनकपुरधाम को शिव चौक,स्वर्गद्वार लगायत कुआ तथा कपिलेश्वर स्थित शिव मन्दिरमा रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनहरु हर्षोउल्लासमा देखिएका थिए। साउन महिना,भगवान शिवलाई प्रिय मान्ने गरिन्छ। त्यसैले श्रावण महिनाको चार वटा सोमबारको महत्व अझ बढी रहेको छ । सोमवार बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा सबै मनोकांक्षा पूरा हुने तथा अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
हिन्दुधर्म अनुसार भगवान शिवलाई वर्षभर पुजिने भएपनि साउनका यी ४ वटा सोमबार अझ महत्वको साथ भगवान शिबको पूजा आरधना गर्ने परम्परा चलीआएको छ।
पहिलो सोमबार : सफलता प्राप्ति र कष्ट निवारण :
दोस्रो सोमबार : रोग निवारण :
तेस्रो सोमबार : मन्त्र सिद्धि वा मनकामना पूर्ण हुने :
चौथो सोमबार : शत्रु परास्त तथा आर्थिक सम्पन्नता :
जो वर्त बसेर भगवान शिवको पूजापाठ गर्छ ,उ सँग शिवजी खुशी भै जीवनभरी उसको जीवनभरि उसको साथमा रहेर उसले खुशी र सुखी बनाई उसका सबै दुख र समस्याहरु बाट पार लगाउने काम गर्नु हुनेछ । त्यस्ता व्यक्तिको जीवनमा ठुलो उन्नति र प्रगति हुनेछ । साथै उसले सोचेका तथा अटेका कामहरु सबै पुरा हुदैँ जानेछन,जसले गर्दा भबिष्य उज्जोल बनाउन मद्धत हुनेछ भनि विश्व समुदायमै पूर्ण यकिन रहेको छ।
आज सोमवारे औसीको दिन पनि परेकोले विहान ब्रम्हमूहुर्तमा उठेर कसैसगॅ पनि नबोली शिव भक्तजन हरुले मौन स्नान गरि पिपल को रुख मा जल चढाई शिव दर्शन गरेका थिए।
आफ्नो प्रतिकृया दिनुहोस्