Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

धनुषामा अनुदान रकमको भयङ्कर घोटाला ??

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ८, २०७७
In समाचार
0


जनकपुरधाम,८साउन ।(रवि मण्डल)

प्रदेश नं. २ मा धनुषा स्थित जनकपुरधामको मुरली चौक नजिक रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालयमा सरकारद्वारा किसानहरु लाई दिइने अनुदान रकममा भयङ्कर घोटाला भैरहेको धनुषाका माछापालक किसानहरुले आरोप लगाएका छन्।


उक्त कार्यालय अन्तर्गत माछा सुपर जाँन परियोजनाका प्रमुख एवं शाखा अधिकृतले माछापालक किसानलाई सम्झौता विपरित रकम उपलब्ध गराए पछि किसानहरु पूर्ण आक्रोशित बनेका छन्। माछाजाँन सँग भएको सम्झौता अनुसार आफूहरुलाई पटकपटक झुक्याउदैआएको भनेर जनकपुरधाममा बुधवार पत्रकार सम्मेलन गरी माछा पालक किसानहरुले सो गम्भीर आरोप लगाएका छन् ।

जनकपुरधाम उप-महानगरपालिका वडा नं. २० का रंजित साहका अनुसार,आफूले ३७ कट्ठा खेतको जमिनमा पोखरी खनाएको हुँदा माछा जाँन संग भएको सम्झौता अनुसार आफूले तीन लाख ७० हजार पाउनु पर्नेछ। तर विभिन्न बहाना देखाई अहिलेसम्म एक रुपैया पनि भुक्तान नगरेको भनि करुण गुनासो पोखेका छन् ।उनले भने, ‘सम्झौता अनुसार म्याद भित्र पोखरीको सबै कार्य सम्पन्न भएको छ । तर रकम माग्दा विभिन्न झमेला हरानी गराउनुका साथै रकम अर्को आर्थिक वर्षमा दिइने भन्दैछन ।’ आब के गर्ने ?

सुपर माछा जाँनका प्रमुख युगल किशोर तिवारी र शाखा अधिकृत दीपक कुमार मिश्रले रकमको लेनदेन गरी सक्कली भन्दा पहुँचवाला नक्कली किसानको तिजोरिमा अनुदानको रकम पुर्याएको तथा आफ्नो नातागोताको नाउमा रहेको पुरानो पोखरी हरु नया देखाई भुक्तानी गरेको र पोखरीपालक किसानहरुको नाउँमा बाँकी रहेको मध्ये आधि रकम मात्र ट्रान्सफर गरी अनियमितता गर्ने गरेको उनले आरोप समेत लगाएका छन् ।

धनुषाका ५० जना बढी माछा किसानहरु उनीहरुबाट पीडित छन् ,आक्रोषित छन् । पत्रकार सम्मेलन पश्चात् जिल्ला प्रशासन कार्यालयमा आजै उजुरी दिइने उनले पत्रकार सम्मेलनमा बताएका छन् ।आफूहरुसँग भएको सम्झौता अनुसार सो कार्यालयले रकम उपलब्ध नगराएमा प्रदेश सरकार, जि.प्रशासन .का.मा पहिलो ज्ञापनपत्र बुझाउने त्यसपछि अगाडी अदालती प्रक्रिया समेतमा जाने साहले चेतावनी दिएका छन् ।

त्यस्तै अर्का माछापालक किसान समिम नदाफले पनि प्रमुख तिवारी र शाखा अधिकृत मिश्रसँग गुनासो गरेको छ । उनले भने, ‘२४ कट्टामा पोखरी खनाएको छु । सम्झौता अनुसार मैले पाउनु पर्ने २ लाख ४० हजार मध्ये एक लाख ६ हजार मात्र पाएको छु ।’ म कहाँ जाउँ ?


पत्रकार सम्मेलनमा आधा दर्जनको संख्यामा पीडित माछापालक किसानहरु को उपस्थिति रहेको थियो। उनीहरुले सुपर माछा जाँनको करणी र कथनीमा अन्तर भएकोले अन्तमा बाध्य भएर पत्रकारहरु मार्फत जनता समक्ष यस सम्बन्धमा खुलाशा गरेको भनेका थिए।

  • 261shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२
समाचार

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२
समाचार

क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा

फाल्गुन २३, २०८२
समाचार

मधेशमा बालेनको जनलहर, सर्लाही–रौतहट–वीरगन्जमा रोड शो

माघ २८, २०८२
समाचार

तनावपूर्ण सिरहा कारागार : गोली र नगद बरामद

माघ २७, २०८२
समाचार

सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी

माघ १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend