Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

घुस लिएको अभियोगमा पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १६, २०७७
In अपराध
0

१६कात्तिक,काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौशाला नगरपालिका महोत्तरी रामनगरस्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

प्रहरी जवान चौहानलाई घरायसी प्रयोजनका लागि दाउरा लैजान सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु १७ हजार ६०० घुस लिएको अभियोग लागेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले आरोपी चौहानलाई गौशाला नगरपालिका २ निगौलचोकबाट पक्राउ गरिएको हो ।

यस्तै आयोगले प्रहरीचौकी तिलाठी सप्तरीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर कानुले रु ५० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।बरामद गरी चौकीमा राखिएको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको अभियोग उनमा लागेको छ । आरोपी कानुनलाई तिलाठी कोइलाठी गाउँपालिका १ बेल्हीबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

उनलाई दुई साता अगाडि खाद्यान्नसहित बरामद मोटरसाइकल छाड्ने शर्तमा सेवाग्राहीसँग पटकपटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको रु ५० हजारसहित पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ ।आयोग इटहरीको टोलीले सप्तरीबाट प्रनानि कानुका दुई मतियारलाई पनि पक्राउ गरेको छ ।

सेवाग्राहीबाट लिएको रु ५० हजार प्रनानि कानुले प्रहरी जवान रामेश्वर यादवलाई नजीकैको जयनारायण यादवको किराना पसलमा लगेर राख्न लगाएको खुलेपछि टोलीले तीनै जनालाई पक्राउ गरेको आयोगका प्रवक्ता अधिकारीले बताउनुभयो । प्रहरी जवान रामेश्वर र व्यापारी जयनारायण मतियारका रुपमा पक्राउ परेका हुन् ।

दुई साता अगाडि खाद्यान्न समानसहित बरामद मोटरसाइकल छाडन सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको रु ५० हजारसहित तीनै जना पक्राउ परेको आयोगको इटहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि सुनसरीको इटहरीस्थित कार्यालय लगिएको छ ।

प्रहरी चौकी तिलाठीमा राखिएको मोटरसाइकल छाड्ने प्रक्रिया मिलाएर लेखिएको कागजसमेत टोलीले फेला पारेको छ । आयोगको टोली कार्यालय प्रवेश गर्नासाथ प्रनानि कानुले हतारहतार उक्त कागज च्यातेर मिल्काएको अवस्थामा फेला परेको थियो ।

  • 36shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२
अपराध

धनुषामा फार्मेसी सञ्चालक सहित लागू औषध बरामद, ४ जना पक्राउ

चैत्र १८, २०८२
अपराध

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

चैत्र ३, २०८२
अपराध

२४ घण्टा भित्रै खुल्यो हत्याको रहस्य: धनुषामा प्रेमका कारण युवकको विभत्स हत्या

फाल्गुन १६, २०८२
अपराध

धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

फाल्गुन १४, २०८२
अपराध

सिरहामा खेत जोतिरहेका किसानको गोली हानी हत्या

माघ १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend