१९ कात्तिक,काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ । आज बिहान ट्वीट गर्दै प्रधानमन्त्रीले दिवङ्गत सीताप्रति श्रद्धाञ्जलि अर्पणका साथ प्रतिनिधिसभाका सदस्य महरासहित शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।(रासस)तस्विर : फाइल





















आफ्नो प्रतिकृया दिनुहोस्