Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सञ्चालनमा आएन पिसीआर मेसिन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर २२, २०७७
In प्रदेश, समाचार
0

२२ मंसिर , महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद गरी यहाँको महाकाली अस्पताललाई हस्तान्तरण गरे पनि सञ्चालनमा नआएको हो । प्रयोगशाला सञ्चालनका लागि जनशक्ति तथा खर्च व्यवस्थापनका लागि यहाँ जनप्रतिनिधिसित पनि पटक/पटक छलफल भई विभिन्न समिति बने पनि सुदूरका पहाडी जिल्लाका प्रयोगशालामा धमाधम कोरोना परीक्षण भइरहँदा महेन्द्रनगरमा भने मेसिन थन्किएको छ ।  

  

सुदूरपश्चिममा कोरोना परीक्षण र सङ्क्रमितको उपचारका लागि यहाँको तराईको जिल्ला कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अब्बल सावित भइरहँदा कञ्चनपुरको महेन्द्रनगरमा रहेको पुरानो महाकाली अस्पतालले भने मेसिन सञ्चालनमै ढिलाइ गरिरहेको छ । “नगरपालिकाले पिसीआर मेसिन खरिद गरेर दिए पनि जनशक्ति र अन्य उपकरण खरिदको प्रक्रियागत कारणले ढिलाइ भएको हो”, महाकाली अस्पतालका सूचना अधिकृत नारद भट्टले भन्नुभयो, “अस्पतालमा प्रयोगशाला सञ्चालनको पूर्वतयारी थिएन, मेसिन आए पनि तयारी थाल्दा ढिलो भएकै हो ।”    

प्रयोगशाला सञ्चालनका लागि १२ जना कर्मचारी नियुक्त गरिएको भट्टको भनाइ छ । उहाँले बिएमएलटी चार जना, माइक्रो बायलोजिष्ट एक जना, ल्याब टेक्निसियन दुई जना र चारजना स्वीपर भर्ना गरेर मेसिन सञ्चालनका लागि धनगढी र काठमाडौँ तालीममा गएको बताउनुभयो । “प्राविधिक टोली तालीमबाट फर्किनासाथ प्रयोगशाला सञ्चालनमा आउँछ”, सूचना अधिकृत भट्टले भन्नुभयो, “अरु सबै तयारी भइसकेको छ ।” भीमदत्त नगरपालिकाले अस्पतालसहित सरोकारवाला निकायसँग समन्वय गरी रु ३८ लाखमा पिसीआर मेसिन खरिद गरेको जनाएको छ । नगरपालिकाको कोडिभ–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्देशक एवं समन्वय समितिको गत जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको थियो ।(रासस)

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण : जितेन्द्र सोनल बने मुख्यमन्त्री

अशोज २९, २०८२
प्रदेश

मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामा, नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान

अशोज २८, २०८२
समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend