२१पुस,सुनसरी: छुरा प्रहार गरी लुटपाट गरेको अभियोगमा देवानगन्ज गाउँपालिका-५ घर भई ईनरुवा नगरपालिका-१ बस्ने २२ वर्षीय गजेन्द्र प्रसाद ठाकुर र ईनरुवा नगरपालिका- १ बस्ने सप्तरी महदेवा गाउँपालिका-५ तोपा घर भएका २१ वर्षीय मुकेश मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबार बिहान ईनरुवा नगरपालिका-९ मा अज्ञात २ जना मानिसहरुले सोही नगरपालिका-२ बस्ने अजय पण्डितलाई छुरा प्रहार गरी नगद तथा मोबाइल लुटपाट गरी फरार भएका व्यक्तिहरुको खोजी गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट म्याद गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्