१० वैशाख,काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवाका लागि दरखास्त दिन् आव्हान गरेको छ ।मन्त्रालयले बुधवारको मन्त्रिस्तरीय निर्णय अनुसार इच्छुक कर्मचारीहरु लाई नियुक्ति पत्र तथा निवेदनपत्र इमेल मार्फत पठाउन भनेको छ ।‘लोक सेवा आयोगको सिफारिसबाट स्थानीय तहमा स्थायी नियुक्ति भई आफूलाई पायक पर्ने अन्य स्थानीय तहमा कामकाजमा खटिई जान इच्छुक कर्मचारीहरु ले जाने र छाड्ने दुवैतर्फको स्थानीय तहको अध्यक्ष/प्रमुख र प्रमुख प्रशासकीय अधिकृत दुवै जनाको हस्ताक्षर भएको सरुवा भई जान र आउन दिएको सहमति पत्र, स्थानीय तहका भएको नियुक्ति पत्र र कामकाजको लागि अनुरोध गरी दिएको दरखास्त संलग्न गरी यस मन्त्रालयको इमेल ठेगाना मा मिति २०७८ वैशाख २० गतेसम्म इमेल गर्नुपर्ने, मन्त्रालयले भनेको छ ।

उक्त अवधि पश्चात् प्राप्त हुने निवेदन उपर कुनै कारबाही नहुने समेत मन्त्रालयले जनाएको छ । प्राप्त निवेदन तथा अन्य आवश्यक कागजातहरू अध्ययन गरी आवश्यकता र प्राथमिकताको आधारमा कामकाजसँग सम्बन्धी निर्णय क्रमशः गरिने र कामकाजमा खटाइएको पत्र विद्युतीय माध्यम मार्फत नै सम्बन्धित व्यक्ति वा कार्यालयमा पठाइने र मन्त्रालयबाट पत्र उपलब्ध गराइने भएकोले व्यक्ति मन्त्रालयमा उपस्थित हुन नपर्ने पनि मन्त्रालयले जनाएको छ ।





















आफ्नो प्रतिकृया दिनुहोस्