Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

क्यान्सर अस्पतालमा अक्सिजन अभाव

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ११, २०७८
In स्वास्थ्य/ सौन्दर्य
0

११जेठ,चितवन : विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडका बिरामीको उपचारमा अक्सिजन अभाव देखिएको छ । पर्याप्त अक्सिजन सहितका सिलिण्डर नहुँदा सङ्क्रमितको उपचारमा समस्या देखिएको हो । अस्पतालका अनुसार सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि दैनिक करिब १ सय ८० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ । अस्पतालमको अक्सिजन प्लाण्टको ५० वटा मात्रै सिलिण्डर भर्न सक्ने क्षमता छ ।

बिरामीलाई आवश्यक अक्सिजन जुटाउन स्थानीय प्रशासनसँग हरेक दिन समन्वय गर्नुपर्ने अवस्था छ । पुरानो भवनका १ सय ४४ शय्यामा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । अस्पतालमा कोभिडका लागि जनरल बेड ९०, एचडीयु ४०, आइसीयु ११ र ३ भेन्टिलेटर छन् । कोभिडको दोस्रो महामारी लगत्तै क्यान्सरका बिरामीको चापमा कमी आएपछि अस्पतालले क्यान्सर बाहेकका अन्य कोरोना सङ्क्रमितको पनि उपचार गर्ने गरी वार्ड तयार पारेको हो ।

अस्पतालको आफ्नै कोभिड–१९ प्रयोगशाला समेत छ । अहिलेसम्म जेनेतेन अक्सिजनको व्यवस्थापन गरिरहेको बताउँदै कार्यकारी निर्देशक डा. देजकुमार गौतमले भन्नुभयो, “बिरामी थपिदै जाँदा चुनौति पनि थपिदै गएको छ ।” उहाँका अनुसार अधिकांश सङ्क्रमित अक्सिजनको सहारामा उपचार गर्नुपर्ने अवस्थाका रहेका छन् । अहिले हाइफ्लो अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो । “अहिलेको मुख्य समस्या अक्सिजन व्यवस्थापनै हो ।”

उहाँले आवश्यक उपकरण थप गर्दै सङ्क्रमितको उपचारलाई सहज बनाइने बताउनुभयो । अक्सिजन लिक्युड प्लाण्ट जडानका लागि बोलपत्र प्रक्रिया अघि बढेको गौतमले जानकारी दिनुभयो । सो प्लाण्ट सञ्चालनमा आउन करिब २ महिना लाग्ने देखिन्छ । सो प्लाण्टले एकै पटकमा १ सय ५० सिलिण्डर भर्न सक्नेछ । अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार अस्पतालमा ३६ जना एचडीयुमा, ७ जना आइसीयु २ जना भेन्टिलेटरमा सङ्क्रमित उपचारमा रहेका छन् ।

कोभिड वार्डबाट हालसम्म २१ जना डिस्चार्ज भएका छन् । १७ जनाले ज्यान गुमाएका छन् । “हामीसँग १–२ घण्टाको पनि रिजर्व गर्ने क्षमता छैन”, शर्माले भन्नुभयो “अक्सिजन लिन गएको गाडी बीच बाटोमै बिग्रेमा वा प्लाण्टमा केही ढिलो भएमा यता बिरामी थप जोखिममा पुग्ने अवस्था छ, यस्ता समस्या दिनहुँ भोगिरहेका छौँ ।” स्थानीय प्रशासनले समन्वय गरिदिए मात्रै कोभिडका जटिल बिरामीको उपचार गर्न सक्ने अवस्थामा आइपुगेको उहाँले बताउनुभयो ।(रासस)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्वास्थ्य/ सौन्दर्य

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२
स्वास्थ्य/ सौन्दर्य

तराईका बजारमा विषादी मिसिएका तरकारी प्रशस्तै, धरानमा मात्रै २४ क्विन्टल काउली नष्ट

बैशाख २३, २०८२
स्वास्थ्य/ सौन्दर्य

‘मिस्टर वर्ल्ड २०२४’ मा सहभागी जनाउन सन्तोष लोक्सम भियतनाम प्रस्थान

कार्तिक १९, २०८१
स्वास्थ्य/ सौन्दर्य

मिसेस नेपाल वर्ल्ड २०२४ का प्रतियोगीले गरे ट्यालेन्ट राउण्ड अन्तर्गत आफ्नो प्रतिभा प्रदर्शन

अशोज २२, २०८१
स्वास्थ्य/ सौन्दर्य

‘मिस भिवा’ का प्रतिस्पर्धीहरूको स्विम शुट ग्राउन्ड सकियो

भदौ २३, २०८१
समाचार

अब सातै प्रदेशमा क्यान्सर उपचार सेवा शुरु हुने

साउन ३०, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend