Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १२, २०७८
In अन्तराष्ट्रिय
0

१२जेठ,काठमाडौँ : नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित “नेपाल राष्ट्रिय मण्डप” चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र छन्तु अन्तर्राष्ट्रिय चिनियाँ मैत्री सङ्घका उपाध्यक्ष लि लीले मण्डपको उद्घाटन गर्नुभएको हो ।

एशियाको सबैभन्दा ठूलो रेलमार्ग बन्दरगाह परिसरमा परम्परागत नेपाली शैलीमा सजाइएको मण्डपमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको हाम्रो पछिल्लो नयाँ नक्सासहित नेपालबारे चिनियाँ भाषामा परिचय दिइएको छ । नेपालको पर्यटन, कला, संस्कृति, जनजीवन तथा चीनसँगको राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा भएका आदानप्रदानसम्बन्धी फोटोले मण्डपका भित्ता सजाइएको जानकारी दिइएको छ ।

तेलचित्र, थाङ्का, काठ र धातुका मूर्ति, पश्मिना, नेपाली कागजका डायरी, गरगहनालगायतका हस्तकलाका सामग्री मण्डपको प्रदर्शनीस्थलमा रहेको छन्तुका लागि नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरे बताउनुभयो । काठ र ईँटाको मौलिक सजावट रहेको मण्डपमा चिया, खुकुरी रम, रुद्राक्ष, बोधिचित्तका मालालगायतका नेपाली उत्पादनको नमूनासमेत प्रस्तुत गरिएको छ । विशेषगरी नेपाली चियालाई चीनमै पनि बजारीकरण र खपतका लागि यस्ता प्रचारप्रसारबाट ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

बैठक, सभा र सम्मेलनका लागि पनि मण्डपमा स्थान छुट्याइएको नेपाल कल्चर एण्ड टुरिजम इन्भेस्टमेन्ट कम्पनीले जनाएको छ । सिछुवान प्रान्तको एक मात्र छन्तु अन्तर्राष्ट्रिय बन्दरगाह क्षेत्रमा एशिया–युरोप राष्ट्रिय पेभिलियन परियोजनाअन्तर्गत् नेपाली मण्डपको निर्माण गरिएको हो । बेइजिङस्थित नेपाली राजदूतावास र छन्तुस्थित महावाणिज्य दूतावाससँगको समन्वयमा नेपाली कम्पनीले नै मण्डप निर्माण गरेको हो ।

कम्पनीका अध्यक्ष ध्रुव पौडेलका अनुसार बेल्ट एण्ड रोड परियोजनाले समेटिएका एशिया तथा युरोपेली मुलुकसँग चीनलाई स्थल एवं समुद्रबाट जोड्ने रेलमार्ग बन्दरगाह क्षेत्रमा ३२ देशका पेभिलियन रहेका छन् । नेपाललाई चीन हुँदै एशिया तथा युरोपेली मुलुकसम्म प्रवद्र्धन गर्न नेपाल मण्डपले सम्बन्ध सेतुको काम गर्नेछ । हालसम्म नेपालसहित १८ मुलुकका पेभिलियन सञ्चालनमा आइसकेका छन् ।

नेपाली मण्डपको उद्घाटन समारोहमा छन्तुका लागि नेपाली महावाणिज्यदूत घिमिरे, सिछुवान प्रान्तको वैदेशिक मामिला कार्यालयका उपप्रमुख चाङ थाओलगायतका चिनियाँ अधिकारी र नेपाली समुदायको सहभागीता थियो । (रासस)

  • 13shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

चैत्र १८, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना— ‘तपाईंसँग सहकार्य गर्न उत्सुक छु’

चैत्र १३, २०८२
अन्तराष्ट्रिय

इरानको युद्धघोष: पर्यटकीय गन्तव्य देखि ऊर्जा केन्द्र सम्म निशानामा

चैत्र ७, २०८२
अन्तराष्ट्रिय

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

चैत्र ३, २०८२
अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

फाल्गुन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend