Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

स्थानीय तहको सामूहिक अग्रसरतामा कोभिड अस्पताल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २१, २०७८
In स्वास्थ्य खबर
0

२१ जेठ,महोत्तरी : कोभिड–१९ संक्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–९ पर्सादेवाडस्थित निर्माणाधीन जानकी एकेडेमी अस्पतालको भवनमा पाँच स्थानीय तह र निवर्तमान प्रतिनिधिसभा सदस्यको संयुक्त पहलकदमीमा ५० शय्याको कोभिड अस्पताल बिहीबार सञ्चालनमा ल्याइएको हो ।

निवर्तमान सांसद डा. सुरेन्द्रकुमार यादव तथा रामगोपालपुर, मनरा र औरही नगरपालिका एवं सोनमा र सम्सी गाउँपालिकाको संयुक्त पहलकदमीमा अस्पताल सञ्चालन गरिएको हो । अस्पतालको बिहीबार प्रदेश नं २ सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले उद्घाटन गर्नुभयो । मन्त्री साहले अस्पताललाई प्रदेश सरकारको साथ सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल–भारत सीमा दशगजा क्षेत्रबाट तीन किलोमिटर दूरीभित्र यो अस्पताल सञ्चालन गरिएको छ ।

जिल्लाको सुदूरपश्चिम दक्षिणी क्षेत्रमा पहिलोपटक कोभिड–१९ संक्रमितको निःशुल्क उपचार गरिने आधुनिक सुविधायुक्त अस्पताल सञ्चालनमा आएपछि सर्वसाधारणले अब आफ्नै ठाउँमा उपचार पाउने आश सँगालेका छन् । अस्पताल सञ्चालनका लागि निवर्तमान सांसद डा यादवको संसदीय विकास कोषको रकम र पाँच स्थानीय तहले संयुक्तरूपमा रकमको जोहो मिलाएका हुन् । अस्पतालमा अत्याधुनिक शय्या, अक्सिजन सुविधासहितको उपचार र बिरामीको भोजनसहितको प्रबन्ध रहेको छ ।

जम्मा १५ स्थानीय तह रहेका जिल्लामा यसअघि जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पताल (जलेश्वर अस्पताल), बर्दिबासस्थित बर्दिबास अस्पताल र गौशाला नगरपालिकाको इमलीबजारस्थित स्वास्थ्यचौकीमा समेत तीन ठाउँ कोभिड–१९ अस्पताल सञ्चालनमा रहँदै आएका छन् । जिल्लाको सुदूर दक्षिणी पश्चिमी क्षेत्रमा नयाँ अस्पताल सञ्चालनमा आएपछि अब त्यस भेगका बिरामीले आफ्नै ठाउँमा उपचार पाउने अवस्थाले थप सहज भएको जिल्लास्थित कोभिड–१९संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रतिक्रिया दिनुभयो ।

जिल्लामा यसपालि २०७८ वैशाख १४ गतेयता हाल बिहीबारसम्म कोभिड–१९ सङ्क्रमणले ७२ जनाको ज्यान गइसकेको छ । यस अवधिमा हालसम्म संक्रमित दुई हजार ३६७ मध्ये ५२५ जना निको भएका स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । हाल एक हजार ७७० संक्रमित छन् । यीमध्ये १० जना अस्पतालको सघनकक्षमा उपचाररत रहेका र बाँकी घरमै होमआइसोलेशनमा रहेका कार्यालयका कोभिड स्रोत व्यक्तिसमेत रहनुभएकी जनस्वास्थ्य निरीक्षक प्रतिभा सिंहले जानकारी दिनुभयो । जिल्लामा महाव्याधी संक्रमण छल्न गत वैशाख २२ यता निषेधाज्ञा जारी छ । पछिल्लो चौथोपटक जारी निषेधाज्ञा अवधि जेठ मसान्तसम्म कायम रहने छ ।(रासस)

  • 28shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्वास्थ्य खबर

वीरगञ्जमा हैजाको संक्रमण पुष्टि, दुई दिन विद्यालय बन्द

भदौ ७, २०८२
स्वास्थ्य खबर

‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

साउन ४, २०८२
स्वास्थ्य खबर

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जादै

जेष्ठ २१, २०८२
स्वास्थ्य खबर

मिस युनिभर्स नेपाल २०२५ का लागि दर्ता खुला

जेष्ठ १४, २०८२
स्वास्थ्य खबर

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ३, २०८२
स्वास्थ्य खबर

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend