Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

तलब बृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २९, २०७८
In अन्तराष्ट्रिय
0

२९ जेठ,इस्लामावाद : पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् । सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब बृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले शुक्रबार बृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब बृद्धि हुनुपर्ने मागसमेत गरेको समाचारमा जनाइएको छ । गत तीन बर्षदेखि कर्मचारीहरुको तलब बृद्धि नभएकाले यस बर्ष धेरै बृद्धि हुनुपर्ने उनीहरुको भनाइ रहेको छ ।

आन्दोलनकारीले करारका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग पनि राखेको गेयो न्युजले समाचार सम्प्रेषण गरेको छ । प्रदर्शनकारीहरुले अर्थमन्त्रीसमेतलार्इृ लक्षित गर्दै राष्ट्रिय संसद भवन अगाडि प्रदर्शन गरेका थिए । दश प्रतिशत मात्रै तलब बृद्धि गर्ने निर्णय संशोधन गर्न पनि उनीहरुले माग गरेका छन् । “सरकारले कम्तीमा २५ प्रतिशत तलब बृद्धि भएको घोषणा गरोस्, हैन भने हामी जुनको अन्त्यसँगै कडा आन्दोलन घोषणा गर्न बाध्य हुनेछौँ,” एक कर्मचारी नेताले भने ।

कर्मचारीहरुको आन्दोलनप्रति पाकिस्तान पिपल्स पार्टी (पिपिपि)का अध्यक्ष बिलावाल भुट्टो जर्दारीले ऐक्वबद्धता जनाउनुभएको छ । कर्मचारीले आयोजना गरेको विरोध कार्यक्रममा समेत उहाँ शुक्रबार बेलुका सहभागी हुनुभएको थियो ।(रासस/एएनआई)

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

चैत्र १८, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना— ‘तपाईंसँग सहकार्य गर्न उत्सुक छु’

चैत्र १३, २०८२
अन्तराष्ट्रिय

इरानको युद्धघोष: पर्यटकीय गन्तव्य देखि ऊर्जा केन्द्र सम्म निशानामा

चैत्र ७, २०८२
अन्तराष्ट्रिय

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

चैत्र ३, २०८२
अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

फाल्गुन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend