Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

इजरायली प्रधानमन्त्री नेतन्याहूको सरकार विरुद्ध मतदान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ३०, २०७८
In अन्तराष्ट्रिय
0

जेरुसेलम, ३० जेठ : इजरायली सांसदहरुले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरुद्ध संसदमा मतदान गर्ने भएका छन् । इजरायलको लिकुड पार्टीका नेता नेतन्याहू विगत १२ वर्षदेखि इजरायलको प्रधानमन्त्रीमा रहनु भएको छ । प्रधानमन्त्री नेतन्याहूको बहिर्गमनका लागि विपक्षीहरुले विचारधारात्मक मतभिन्नतालाई थाँती राखेर नयाँ गठबन्धन निर्माण गरेका छन् । यो गठबन्धनको एकमात्र उद्देश्य देशमा विगत १२ वर्षदेखि एकछत्र शासन गरिरहेका नेतन्याहूलाई विस्थापित गर्नु र देशमा संसदीय चुनावको सिलसिला रोक्नु रहेको छ ।

इजरायली संसद, जसलाई नेसेट भनिन्छ, ले प्रधानमन्त्री नेतन्याहूलाई विस्थापित गर्न नसके संसदको निर्वाचनमा देश होमिनु पर्नेछ । सन् २०१९ यता इजरायलमा चार पटक संसदीय निर्वाचन भइसकेको छ, तर कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेको छैन भने गठबन्धन निर्माण पनि हुन सकेका छैनन् । भ्रष्टाचारको आरोप खेपिरहनु भएका प्रधानमन्त्री नेतन्याहूले उक्त आरोपलाई विपक्षीहरुले अनावश्यक उछाली रहेको बताउँदै आफू् कुनै पनि भ्रष्टाचारका कार्यहरुमा संलग्न नरहेको दाबी गर्नु भएको छ ।

शनिबार राति करिब दुई हजार प्रदर्शनकारीले नेतन्याहूको निवास बाहिर सत्ता त्याग्नुपर्ने माग गर्दै प्रदर्शन समेत गरेका थिए । प्रदर्शनमा सहभागी ओफिर रोबिन्स्कीले नेतन्याहूको बहिर्गमनको दिन आइसकेको बताउनुभयो । आठ वटा दलहरुको कमजोर गठबन्धनले नेतन्याहूलाई यस पटक चुनौती दिँदैछ । यस गठबन्धनमा यहूदी राष्ट्रवादी यामिना पार्टीदेखि अरब सांसदहरु समेत रहेका छन् । शुक्रबार गठबन्धन निर्माणका लागि दलका नेताहरुबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतालाई संसदको सचिवालयमा दर्ता गरिएको यामिना पार्टीले जनाएको छ । विपक्षी गठबन्धनका नेता याइर लापिडले नेता नाफ्ताली बेनेटलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ । नयाँ सरकार बन्ने स्थितिमा पूर्व रक्षा मन्त्री बेनेट पहिलो दुई वर्षका लागि प्रधानमन्त्री बन्नु हुनेछ ।

गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने येस अटिड पार्टीका नेता लापिड बाँकी दुई वर्ष प्रधानमन्त्री बन्नु हुनेछ । नेतन्याहूको विपक्षमा निर्माण भएको गठबन्धनमा तीन वटा दक्षिणपन्थी, दुई मध्यमार्गी र दुई वटा बामपन्थी पार्टीहरुका साथै अरब इस्लामिक पार्टी समावेश छन् ।(रासस–एएफपी)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२
अन्तराष्ट्रिय

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२
अन्तराष्ट्रिय

पाकिस्तानमा भारतको हवाई आक्रमण, ८ जनाको मृत्यु, ३५ घाइते

बैशाख २४, २०८२
अन्तराष्ट्रिय

ब्राजिलको गाईको मासु निर्यातमा अमेरिकी करको मार

बैशाख २२, २०८२
अन्तराष्ट्रिय

चीनमा अहिलेसम्मकै ठूलो कार्गो ड्रोनको सफल परीक्षण उडान

चैत्र ५, २०८१
अन्तराष्ट्रिय

म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५९ को मृत्यु, एक सय भन्दा बढी घाइते

चैत्र ३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend