धनुषा, ८असार : प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले मिथिला चित्र कलाक्षेत्रमा विशिष्ट योगदान पुर्याउने ५ वरिष्ठ कलाकारहरुलाई सम्मान गर्नुभएको छ । प्रमुख झाले नारी विकास केन्द्रको स्थापना काल देखिनै संलग्न रहनु भएका वरिष्ठ कलाकार मञ्जु ठाकुर, मिथिलेश्वरी देवी, सुदर्शनलाल कर्ण सहितका पाँच जना कलाकारलाई सम्मान गर्नुभएको हो ।उहाँहरूलाई प्रदेश प्रमुख डा. अहिराजले दोसल्ला ओढाएर सम्मान गर्नु भयो ।
प्रदेश प्रमुख झाले धनुषा जिल्लामा मिथिला चित्र कलामा उल्लेखनीय योगदान दिनु भएका उहाँहरुसँग भेटघाट गरेर उहाँहरूको समस्या तथा संघर्षका बारेमा जानकारी लिनुभयो । प्रदेश प्रमुख डा. झाले राज्यबाट थप सहयोगका लागि पहल गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो । झाले भेट्नु भएका कलाकारहरुले २०४५ सालमा जापानमा पुगेर एकल मिथिला कलाको प्रदर्शन गर्नुभएको थियो । अहिले पनि पाँचैजना कलाकार मिथिला कलाको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।(रासस)
आफ्नो प्रतिकृया दिनुहोस्