Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जर्ज फ्लोयडको हत्या आरोपी प्रहरीलाई साढे २२ बर्षको जेल सजाय

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १२, २०७८
In अन्तराष्ट्रिय
0

मिनियापोलिस, १२ असार : अमेरिकाको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकारीलाई साढे २२ बर्षको जेल सजाय तोकिएको छ । अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या आरोप लागेका प्रहरी अधिकृत डेरेक चौभिनलाई अदालतले साढे २२ बर्ष जेल सजाय तोकेको हो । गत बर्ष सन् २०२० मे २५ तारिखका दिन ती प्रहरी अधिकारीले फ्लोयडलाई आफ्नो घुँडाले घाँटीमा थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो ।

दर्दनाक भिडियोका कारण हत्याका विरुद्धमा अमेरिका भरी आन्दोलन भएको थियो । हत्याको विरोधमा मानवअधिकारकर्मी र अश्वेत पक्षधरहरुले अन्य देशहरुमा पनि केही दिन प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा केही व्यक्तिको मृत्यु समेत भएको थियो । हत्याको विवरण प्राप्त गर्नासाथ स्थानीय प्रहरीले आरोपी प्रहरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो भने अदालतमा उनका विरुद्धमा मुद्दा दायर गरिएको थियो ।

घटना भएको एक बर्षभन्दा बढी समयपछि अहिले मात्रै सो मुद्दामाथि अदालतले फैसला गरेको हो । प्रहरी अधिकारीले पाएको अधिकारको दुरुपयोग गरेको र अति दर्दनाक तरिकाले हत्या गरेको कारणले उनलाई २२ बर्ष ६ महिना जेल सजाय तोकिएको अदालतले जनाएको छ । चौभिनले ४८ वर्षीय फ्लोयडलाई नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो ।

चौभिनलाई अब जीवनभर हतियार राख्न अनुमति दिन नमिल्ने कुरा समेत फैसलामा उल्लेख गरिएको जनाइएको छ । अदालतको फैसलाप्रति फ्लोयडका परिवारजनले सन्तुष्टि व्यक्त गर्दै राहत महसुस गरिएको प्रतिक्रिया दिएका छन् । सुनुवाईका क्रममा फ्लोयडका भाइ टेरेन्स फ्लोयडले चौभिनलाई ४० वर्षको सजाय हुनुपर्ने माग गर्नु भएको थियो । अदालतले भने झण्डै आधा मात्रै सजाय तोकेको हो ।(रासस-एपी)

  • 44shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

चैत्र १८, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना— ‘तपाईंसँग सहकार्य गर्न उत्सुक छु’

चैत्र १३, २०८२
अन्तराष्ट्रिय

इरानको युद्धघोष: पर्यटकीय गन्तव्य देखि ऊर्जा केन्द्र सम्म निशानामा

चैत्र ७, २०८२
अन्तराष्ट्रिय

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

चैत्र ३, २०८२
अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

फाल्गुन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै, वाग्ले कार्यवाहक प्रधानमन्त्री

अशोज ६, २०८३

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी अनवर इब्राहिम बीच टेलिफोन संवाद

अशोज ६, २०८३

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend