Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १३, २०७८
In अन्तराष्ट्रिय
0

जम्मु, १३ असार : भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान १.४५ बजे पहिलो विस्फोट भएको थियो । घटनास्थललाई सुरक्षा फौजले सुरक्षा दिएको छ । दुई विस्फोटमध्ये पहिलो विस्फोट प्राविधिक क्षेत्रको एउटा भवनको छतमा भएको थियो भने दोस्रो विस्फोट जमिनमा भएको थियो । “जम्मु विमानस्थल भित्र अति संवेदनशील क्षेत्रका दुई विस्फोटन भएको खबर आएको छ, घटनाका बारेमा प्राप्त प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको विवरण छैन,” एक जना सुरक्षा अधिकारीले भने ।

विस्फोटका कारण कसैलाई घाउचोट लागेको र कुनै यन्त्रमा क्षति भएको विवरण पनि प्राप्त नभएको उहाँले जानकारी दिनुभयो । घटनाका बारेमा छलफल र समीक्षा गर्न उच्च सुरक्षा अधिकारीहरुको बैठक बोलाइएको पनि उहाँले बताउनुभयो । घटनालाई सुरक्षा अधिकारीहरुले गम्भीरतापूर्वक लिएको पनि जनाइएको छ ।(रासस/पिटिआई)

  • 27shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

बैशाख ३०, २०८२
अन्तराष्ट्रिय

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२
अन्तराष्ट्रिय

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२
अन्तराष्ट्रिय

पाकिस्तानमा भारतको हवाई आक्रमण, ८ जनाको मृत्यु, ३५ घाइते

बैशाख २४, २०८२
अन्तराष्ट्रिय

ब्राजिलको गाईको मासु निर्यातमा अमेरिकी करको मार

बैशाख २२, २०८२
अन्तराष्ट्रिय

चीनमा अहिलेसम्मकै ठूलो कार्गो ड्रोनको सफल परीक्षण उडान

चैत्र ५, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend