Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कर्णालीमा सुन अभाव, १६ करोडको कारोबार रोकियो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १५, २०७८
In व्यापार
0

कर्णाली, १५ असार : कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी संघ कर्णाली प्रदेशले बताएको छ । यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको संघका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले जानकारी दिनुभयो ।

“दुई महिनाको बन्दले एकातिर व्यवसाय पूर्णरूपमा बन्द छ भने अर्कोतिर नेपाल राष्ट्र बैंकबाट उपलब्ध हुने सुन समानुपातिक ढङ्गले वितरण हुँदैन”, उहाँले भन्नुभयो, “यसले गर्दा यो दुई महिनको अवधिमा रु १६ करोडको कारोबार हुन सकेन ।” अध्यक्ष सुनारका अनुसार नेपाल राष्ट्र बैंकले नेपाल सुनचाँदी व्यवसायी महासंघ लाई दैनिक २० केजी सुन उपलब्ध गराउँदै आएकामा रत्न आभूषण तथा पत्थर व्यवसायी महासंघलाई ४० प्रतिशत र सुनचाँदी व्यवसायी महासंघ लाई ६० प्रतिशत छुट्याउने गरिएको छ र सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी वितरण कार्यविधि, २०६८ का आधारमा त्यो ६० प्रतिशतलाई १०० प्रतिशत मानेर ६० प्रतिशत उपत्यका र ४० प्रतिशत बाहिर जिल्लामा पठाउँछ ।

चालिस प्रतिशत सुन उपत्यकाबाहिरका महासंघ आबद्ध ४०–४५ जिल्लाका व्यवसायी संघलाई पठाउँदा माग अनुसारको पूर्ति हुन नसकेको अध्यक्ष सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णालीमा करिब १० केजी सुन आवश्यक पर्दछ, तर मासिक एकदेखि तीन केजी सुन आउने गरेको छ । यसले सुन वितरण प्रणालीमा विभेदीकरण बढ्दै गएको छ । यो अवस्था हटाउन सातै प्रदेशस्थित सङ्घका अध्यक्षहरुले स्थायी लेखा नम्बर (प्यान) का आधारमा सुन वितरण माग राख्दै आएका छौँ ।”

सरकारले महासंघलाई दैनिक ४०/५० केजी सुन उपलब्ध गराउनुपर्नेमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीले लुटिने, मारिने असुरक्षाका बीचबाट अहिले सम्म काठमाडौँ पुगेर सुन ल्याउनुपर्ने बाध्यता छ तर अब नेपाल राष्ट्र बैंकको कार्यालय कर्णालीमा स्थापना भइसकेकाले यहीँबाट सुन वितरणको व्यवस्थापन मिलाउन आग्रह गर्दछौँ ।”

सुन व्यवसायीलाई रु ५० लाख घाटा

कर्णालीका सुनचाँदी व्यवसायीलाई यो दुई महिनाको अवधिमा रु ५० लाख बराबरको घाटा भएको छ ।निषेधाज्ञाले सुनको कारोबार ठप्प हुँदा रु ५० लाख बराबरको घाटा बेहोर्नुपरेको सङ्घका कर्णाली प्रदेशका अध्यक्ष सुनारले बताउनुभयो । “कर्णाली प्रदेशभरिमा ६०० सुन व्यवसायी छन् । एक जना व्यवसायीसँग दुई/तीन कालिगडले काम गर्छन् । ती सबैको व्यवसाय बन्द हुँदा यो दुई महिनाको अन्तरालमा करिब एक हजार ५०० कालिगडको जागिर खोसिएको छ भने सुन व्यवसायीले पनि लाखौँको घाटा बेहोर्नुपरेको छ”, उहाँले भन्नुभयो ।

काँचो सुन नहुँदा धेरै कालिगड बेरोजगार रहेको उहाँको भनाइ छ । उहाँले कर्णालीमा मासिक १० केजी सुन आउन सके करिब चार हजारलाई रोजगार दिन सकिने दाबी गर्नुभयो । यद्यपि पहुँचका आधारमा सुन वितरण हुने परम्पराले कर्णालीमा सुन अभाव हुँदै गएकाले तत्काल सबै व्यवसायीलाई प्यानका आधारमा सुन वितरण गर्न सङ्घ, कर्णाली प्रदेशले सरकारसँग माग गरेको छ ।(रासस) 

  • 16shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२
व्यापार

श्रेष्ठ टेलरिङ्ग सेन्टरले मनायो आफ्नो ५० औं वार्षिकोत्सव

असार १४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend