२६साउन,जनकपुरधाम : क्षिरेश्वरनाथ नगरपालिका-६ बस्ने ४० वर्षीय टेङ्गा भन्ने ओम मलिकको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीया रिन्की देवी रायलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पुरानो रिसइवीको कारण रिन्की देवी, सोही ठाउँ बस्ने २५ वर्षीय राकेश कुमार राय कुर्मी र २५ वर्षीय रवि कुमार राउतले साउन १८ गते मादक पदार्थ सेवन गरी मलिकलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कुटपिटबाट गम्भीर घाइते भएका मलिकको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको छ ।हाल फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्