Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आज मकर संक्रान्ति,हर्शोउल्लाशका साथ मनाईयो पर्व

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १, २०७८
In समाज
0

जनकपुरधाम,माघ १: माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्ति देखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो। यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।

माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गंगासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ। (मकर संक्रान्ति का दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ।)

महाभारत का अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गंगा लाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए। त्यसैले माघे संक्रान्ति का दिन प्रयाग र गंगासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ |भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ ।

यसको उदाहरण माघे संक्रान्ति पर्व हो । मकर संक्रान्तिको अर्को नाम माघे संक्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ।

यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे संक्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ ।

यस्तै धनुषाको जनकपुरधाम,हंसपुर,धनुषाधाम,महेन्द्रनगर, ढल्केवर,औरही लगायत महोत्तरी को मटिहानी,लोहारपट्टी,जलेश्वर,पिपरामा पनि हर्सौल्लाश का साथ् माघे संक्रान्ति पर्व मनाइएको छ। विशेष गरि यस अवसरमा जनकपुरधामको अरगजा पोखरीको घाटमा युवाहरुले आयोजना गरेको भोजमा विभिन्न दलका नेता,व्यापारी,पत्रकार तथा बुद्धिजीवी नागरिकहरुले खिचडी,दहि,पापड लगायत विभिन्न परिकारहरु ग्रहण गरेका थिए।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३
धर्म

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३
समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै, वाग्ले कार्यवाहक प्रधानमन्त्री

अशोज ६, २०८३

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी अनवर इब्राहिम बीच टेलिफोन संवाद

अशोज ६, २०८३

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend