जनकपुरधाम, १३ फागुन : जनकपुरधाम उप- महानगरपालिका वडा नं १९ का किसान सुर्यनाथ यादवले खाध व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड लाई २६ क्विन्टल सोना मन्सुली धान बेचे पछि उहाँले १३ हजार रुपैया बढी रकम पाउनु भएको छ।यो रकम निजि गल्ला व्यापारीले खरिद गर्ने भन्दा बढी रकम हो।
अन्य वर्षको तुलनामा यस वर्ष संघीय सरकारले प्रति क्विन्टल ४०० देखि ५०० रुपैया बढी तिरेर किसानहरुको धान खरिद गर्न थाले पछि धनुषा र महोत्तरीका करिब ७०० भन्दा बढी किसानहरु आर्थिक लाभ लिन सफल भएको खाध व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामका निमित प्रादेशिक प्रमुख उपेन्द्र लिम्बुले बताउनु भएको छ ।

यस वर्ष सरकारले किसानहरु बाट सोना मन्सुली धान प्रति क्विन्टल २,९०२ रुपैयामा खरिद गरेको छ। जुन निजि गल्ला व्यापारी भन्दा प्रति क्विन्टल ४०० देखि ५०० सम्म बढी रहेको छ।यस आर्थिक वर्षमा १५,००० क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको मा रु. ४ करोड ७० लाख मूल्य बराबर को १,६२६० क्विन्टल धान खरिद गरिएको सो कार्यालयले जनाएको छ।लक्ष्य भन्दा बढी धान खरिद गरिएकोले हाल लाई धान खरिद कार्य बन्द गरेको सो कार्यालयले जनाएको छ।
नेपाल सरकारको पूर्ण स्वमितत्वमा रहेको उक्त कार्यालयले वास्तविक किसानको धान खरिद गर्न स्थानीय निकायले किसान हो भनेर गरेको सिफारिशपत्र र जग्गा धनि लालपुर्जा हेरेर धान खरिद गरेकाले बिचौलिया हरुले भने फायदा लिनको योजना असफल भएको छ ।
भूमिहीन किसान हरु संग जग्गा धनि लाल पुर्जा नभएकाले त्यस्ता किसानहरु लाई अनिवार्यरुपमा स्थानीय निकायको सिफारिशपत्र हेरेर मात्र व्यापार कम्पनिले धान खरिद गरेका थिए।कार्यालयले खरिद गरेको धान आफ्नै मिलमा कुटान गरि यहाँ बाट चामल महोत्तरी कारागार , काठमाडौँ ,पोखरा ,गोर्खा र सुर्खेत मा रहेको कार्यालयमा पठाउने गरिछ।
आफ्नो प्रतिकृया दिनुहोस्