७ चैत्र,जनकपुरधाम,बिरेन्द्र कर्ण :जनकपुरधाम उप- महानगर पालिकाले सडक पेटी अतिक्रमण गरेर व्यापार गरिरहेका व्यापारीहरु लाइ सो ठाउँ खाली गर्न सुचना जारि गरे पछि बाध्य भएर ति व्यापारी हरुले उक्त ठाउँ आफै खाली गर्न थालेका छन्।उप- महानगरपालिकाले मौखिक रुपमा बारम्बार उक्त ठाउँ खाली गर्न व्यापारीहरुलाइ अनुरोध गर्दा पनि अटेरी गरेकाले यस्तो सुचना जारी गरेको हो ।

यसै क्रममा स्थानीय शिवचौक देखि दक्षिण पट्टि डिह्बार स्थान जाने बाटो अतिक्रमण गरि अस्थाई घर टहरा बनाएर व्यापार गरिरहेका व्यापारीहरुले आफै ति भौतिक संरक्षना भत्काएका छन्।
उप- महानगरपालिकाले फागुन २२ गते एक सुचना जारि गरि ३ दिन भित्र सो अवैध घर टहरा हटाउन जानकारी गराए पनि व्यापारीहरुले विभिन्न कारण देखाई सो ठाउँ खाली गर्न आनाकानी गरे पछि उप- महानगरपालिका कडा रुपमा प्रस्तुत हुने संकेत पाए पछि ति व्यापारीहरुले आफै सो ठाउँ खाली गर्न लागेको नगर प्रहरी नितेश कुमार राय ले जानकारी दिए।

जनकपुर बाजारको अन्य ठाउँहरुमा पनि सडक पेटी अतिक्रमण गरि व्यापार गर्ने लाई समेत खालि गराउने अभियानमा उप- महानगरपालिका लागेको छ।वर्षौ देखि सडक पेटी अतिक्रमण गरि व्यापार गरिरहेको कारणले पैदल यात्रुहरुले सास्ती भोग्नु का साथै नगरक्षेत्र कुरुप बन्दै गई रहेकोले उप- महानगरपालिकाले यस्तो कदम चलेको हो। उप- महानगरपालिका को उक्त सराहनीय अभियान लाई नगरवासीले मुक्त कण्ठ ले प्रशंशा गरेका छन्।

आफ्नो प्रतिकृया दिनुहोस्