२७ बैशाख,जनकपुरधाम(धर्मराज) : केहि दिन पुर्व मात्र शिव चौक स्थित डिह्बार स्थान एरिया मा विगत ७ वर्ष देखि कठ्घेरा,ठेला लगायत अन्य तरिकाले पसल संचालन गरि रहेका व्यापारी हरु लाई जनकपुरधाम उप-महानगर पालिकाले हटाई सो ठाउँमा सौन्दर्यकरणको काम गरेको छ ।

केहि दिन यहाँ को वातावरण अति सुन्दर बनेको थियो। स्थानीय तथा बाहिरी पर्यटक समेत त्यस खुला ठाउँ मा आनन्दमय तरिका ले घुमफिर गर्न रुचाइ रहेका थिए। सौन्दर्यकरण को काम अहिले पनि कहीं कहीं बाँकी नै छ तर पनि त्यस ठाउँ मा पुन: अतिक्रमण गर्ने सोच बनाएका अराजक व्यक्ति हरु चुनावी माहौल को आड मा र केहि भनाउदो नेता को उक्साहट मा रातारात फेरी उक्त ठाउँ मा कठ्घेरा राख्न भ्याएका छन्।

जनता हरु को लागि लाखौं खर्च भएर बनेको सो ठाउँ फेरी कुरुप देखिन थालेको छ। यस्तो अवस्था मा सम्बन्धित निकाय ले तुरन्त कारवाई गरि अतिक्रमित व्यक्तित्व रहेका मान्छे हरु को बल निस्तेज पार्नु नै पर्छ र यहि धर्म पनि हो भन्छन जनकपुर धाम को युवा आशिष कुमार।
आफ्नो प्रतिकृया दिनुहोस्