Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध : मन्त्री चौधरी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २३, २०७९
In स्थानीय
0

२३ असार,जनकपुरधाम : सहरी विकासमन्त्री मेटमणि चौधरीले जनकपुरधाम लाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । धनुषाको जनकपुरधाम स्थित बसपार्क निर्माण कार्यको शिलान्यास गर्नुहुँदै मन्त्री चौधरीले धार्मिक, सांस्कृति र ऐतिहासिक नगरी जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार गम्भीर रहेको बताउनु भयो ।

जनकपुरधाममा रहेका पोखरी तथा मठ, मन्दिरको जीर्णाेद्धार लगायतका काम भइरहेको जानकारी दिनुहुँदै मन्त्री चौधरीले मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधामको सडक पूर्वाधार स्तरोन्नतिको कामलाई समेत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । जनकपुरधामको मुख्य चुनौतीका रुपमा देखिएको फोहरमैला व्यवस्थापनका लागि जग्गा उपलब्ध भए सरकारले फोहरमैला व्यवस्थित गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री सत्रुधन महतोले जनकपुरधामलाई धार्मिक पर्यटकीय करिडोरका रुपमा विकास गर्ने योजना बनाएको जानकारी दिनुहुँदै त्यसका लागि तीनै तहको सरकारसँग समन्वय गरी अघि बढ्ने बताउनुभयो । जनकपुरधामको फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माणको वर्षौं देखि चर्चा चल्दै आए पनि जग्गा व्यवस्थापन हुन नसक्दा सो कार्य हुन नसकेको बताउनुहुँदै उहाँले ल्याण्डफिल साइट निर्माणका लागि तत्काल जग्गाको व्यवस्थापन गर्न उपमहानगरपालिका सँग आग्रह गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बसपार्क निर्माण भएपछि नगरपालिकाको ट्राफिक व्यवस्थापनसँगै नगरको आर्थिक विकासमा समेत टेवा पुग्ने भएकाले यसमा नगरपालिकाले सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नगरक्षेत्रकोे फोहरमैला व्यवस्थापन गर्न जग्गाको खोजी कार्य भइरहेको र छिट्टै जग्गा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

कूल रु १० करोड २८ लाख ६६ हजार ४३९ को लागतमा निर्माण हुन लागेको बसपार्क आगामी १५ महिनाभित्र सकिने लक्ष्य रहेको सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनुषाका प्रमुख प्रदीप खनालले जानकारी दिनुभयो ।

दुई चरणमा निर्माण गरिने बसपार्क भित्र प्रथम चरणमा सार्वजनिक शौचालय, टिकट काउन्टर तथा चमेनागृह, वेटिङ सेट, पार्किङ, वृक्षरोपणलगायतका कार्य गरिने र दोस्रो चरणमा पसल, रेस्टुरेन्ट, कार्यालय, आगन्तुक आवाससहितको बहुउद्देश्यीय चारतले भवन तथा ग्यारेज निर्माण गरिने प्रमुख खनालले बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिका २३ स्थित गुठी संस्थाको स्वामित्वमा रहेको चार बिघा क्षेत्रमा निर्माण हुन लागेको बसपार्क निर्माणका लागि बोलपत्रमार्फत श्री नागार्जुन÷हेम÷सावित्री जेभी जनकपुरधाम ४ ले ठेक्का लिएको छ ।(रासस)

  • 37shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

धनुषाको विवादित यादव चौकको नाम अब ‘श्रीराम चौक’, सर्वसहमति जुट्यो

बैशाख २५, २०८२
स्थानीय

१३ दिनमै फेरियो प्रमुख प्रशासकीय अधिकृत: सरुवा प्रक्रियामा सामान्य प्रशासनको मनपरी

बैशाख १२, २०८२
स्थानीय

मटिहानीमा मिथिला पेन्टिङ सिप विकास तालिम शुरु

बैशाख १२, २०८२
स्थानीय

मटिहानी शिक्षा संयोजक चन्देश्वर साहको असामयिक निधन, नगरपालिकाको आकस्मिक बैठकबाट शोक प्रस्ताव पारित

बैशाख ७, २०८२
स्थानीय

जनकपुरको शिवचोकमा बिना नक्सा बनेको अवैध संरचना हटाउने तयारी, घरधनी उत्साहित, नागरिक आक्रोशित

चैत्र १९, २०८१
स्थानीय

मटिहानी नगरपालिकामा शोक, कुशल चालक विजय सहनीको असामयिक निधन

चैत्र १८, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend