९ साउन,नयाँ दिल्ली :बितेका २४ घण्टामा देशका विभिन्न भागमा १६ हजार ८६६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।भारतमा लगातार तीन दिनसम्म संक्रमित को संख्या २१ हजार भन्दा माथि पुगेको थियो ।
हिजो २० हजार नाघेको समाचार बाहिर आएको थियो भने आज १६ हजार ८ सय ६६ जना संक्रमित भएका छन् ।हाल भारतमा कोरोना संक्रमितको संख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ भने एक लाख ५२ हजार दुई सय सक्रिय संक्रमित छन्। सोही अवधिमा १८ हजार एक सय ४८ संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त भएकाको संख्या चार करोड ३२ लाख २८ हजार पाँच भन्दा बढी पुगेको छ ।मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार कोरोना संक्रमण बाट ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार ७४ जनाको मृत्यु भएको छ ।
महामारी शुरु भएयता ८६ करोड ९० लाखभन्दा बढीको परीक्षण गरिएको छ।सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोही क्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्रा भन्दा बढी खोप लगाइएको छ । रासस/सिन्ह्वा



















आफ्नो प्रतिकृया दिनुहोस्