२९ साउन:काठमाडौं महानगरपालिका-११ स्थित थापाथली पुलबाट शनिबार दिउँसो खोलामा हाम फालेकी ललितपुर बस्ने २० वर्षीया महिलाको सकुशल उद्धार गरिएको छ ।एक जना महिला खोलामा हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सिंहदरबारबाट तत्काल खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो ।

उद्धार पश्चात सोधपुछ गर्दा निजले हाल जि. ललितपुर कुपण्डोलमा बस्ने गरेको र आफू २० वर्षीय नाम अञ्जली यादव भनी बताएकी छिन। । हाम फाल्नुको कारण हाल नखुलेको र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्