Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

समाज एकीककरणमा सबैजातको महत्वपूर्ण योगदान छ : पूर्वराष्ट्रपति यादव

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २८, २०७९
In समाज
0

२८आश्विन,मोरङ: पूर्वराष्ट्रपति डा रामबरण यादवले समाजको एकीकरणमा सबै जातजातिको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ । नागरिक अभिनन्दन समारोह समितिद्वारा आज यहाँ आयोजित सामाजिक अभियन्ता एवम् उद्योगपति दिनबन्धु गोयललाई अभिनन्दन गर्दै उहाँले यस क्षेत्रको समाजको विकासमा पहाडी, मधेसी थारु एवम् मारवाडी समुदायको महत्वपूर्ण योगदानको रहेको विचार व्यक्त गर्नु भयो ।

पूर्वराष्ट्रपति डा. यादवले भन्नुभयो, “अभियन्ता गोयल एवम् उहाँको परिवारले यस क्षेत्रमा सामाजिक, संस्कृति, शिक्षा, स्वास्थ्य, क्षेत्रमा गर्नुभएको महत्वपूर्ण योगदानको हृदयदेखि आभार प्रकट गर्दछु ।” उहाँले सम्पूर्ण समाजको मेलमिलापबाट नै सभ्यता निर्माण हुने चर्चा गर्दै मेलमिलापको सभ्यताले मुलुकको सही विकासमा सहयोग पु-र्याउने धारणा राख्नु भयो । अभिनन्दित व्यक्ति गोयलले गरीब विद्यार्थीलाई छात्रवृत्ति लगायत विभिन्न संघ-संस्थालाई सहयोग गर्न पाउँदा ज्यादै खुशी र शान्ति महशुस हुने गरेको अनुभव सुनाउनुभयो ।

पूर्व राष्ट्रपति डा रामबरण यादव सामाजिक अभिन्ता एवं उद्योगपति दिनवन्धु गोयललाई नागरिक अभिनन्दन समारोह समितिद्वारा शुक्रबार विराटनगरमा आयोजित समारोहमा अभिनन्दन गर्दै ।

समितिका अध्यक्ष सुरेशकुमार शर्मा, राजेन्द्र चापागाईँ, महावीरप्रसाद गोयललगायतले गोयलको सहयोगबाट धेरै विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न सफल भएको बताउनुभयो । झापाको भद्रपुरमा विसं २००५ मा जन्मनु भएका र हाल विराटनगरलाई कर्मथलो बनाइ बस्नुभएका गोयललाई स्वदेश र विदेशका गरी २६८ संघ-संस्थाले अभिनन्दन गरेका छन् । अभियन्ता गोयलले प्रत्येक वर्ष झापा, मोरङ, धनकुटा, सुनसरी, तेह्रथुम जिल्लाका एक हजार ५०० भन्दा बढी असाहय एवं जेहन्दार विद्यार्थीलाई नगद छात्रवृत्ति प्रदान गर्नुका साथै ज्येष्ठ नागरिक एक महिला, गौशाला, मठमन्दिर, अनाथ आश्रम लगायत क्षेत्रमा सहयोग गर्दै आईरहनु भएको छ ।

अभियन्ता गोयलले मुलुकका विभिन्न शैक्षिक संस्था, धार्मिक, सामाजिक संघ-संस्थालाई निरन्तररुपमा आर्थिक सहयोग पु-र्याउदै आउनुभएको र यो संख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । सामाजिक अभियन्ता गोयलले भद्रपुरको गौशाला, गणेश मन्दिर, रङ्गेलीको गौशाला, श्रीकृष्ण गौ सेवा सदन विराटनगर, अनाथआश्रम इटहरी, विराटेश्वर वुद्धाश्रम विराटनगर, विश्रान्ति मन्दिर मूलघाट धनकुटा, अनाथ आश्रम काठमाडौँ, विराटनगरको अष्ट चिरञ्जीवी मन्दिर, राधाकृष्ण मन्दिर, काली मन्दिर, झापाको कन्काई धारको लक्ष्मी नारायण मन्दिर, उर्लाबारीको हनुमान ट्रष्ट, झापाको मारवाडी समाज, नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर लगायत करीव ३०० संघ-संस्थालाई सहयोग उपलब्ध गराउनुभएको छ ।

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३
समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

धनु राशि : आजको राशिफल

भदौ २३, २०८३

बाढीमा मधेशका जनता, मधेशवादी नेतामाथि प्रश्न: संकटमा नेतृत्व कहाँ ?

भदौ २३, २०८३

बाढी प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, सुरक्षाकर्मी जोखिम मोलेर मैदानमा

भदौ २२, २०८३

बाढी–पहिरोको विपद्मा सुरक्षाकर्मीको ‘अद्भुत साहस’: प्रधानमन्त्री बालेन शाहद्वारा उच्च प्रशंसा

भदौ २१, २०८३

ऋण असुलीमा गैरकानूनी दबाब दिए कारबाही गर्न सीडीओलाई गृह मन्त्रालयको निर्देशन

भदौ २१, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहको भावुक सन्देश : ‘हजुरहरूसँग यो राज्य छ, यो सरकार छ’

भदौ २०, २०८३

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३

विपत्तिको घडीमा मटिहानीको सहयोग: प्रधानमन्त्री उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय

भदौ १६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend