Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चुनावी चहलपहल बढेसँगै महोत्तरीको होटल व्यवसायमा तेजी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ३०, २०७९
In व्यापार
0

३०आश्विन,महोत्तरी: प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को चहलपहलले महोत्तरीको होटल व्यवसाय फस्टाएको छ । जिल्लाका चार प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका बजारका होटल केही दिनयता ग्राहकले खचाखच भरिएका छन् । चुनावी चहलपहलको भीडले होटल व्यवसायमा प्रवर्धन भएको व्यवसायीको भनाइ छ । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ को बर्दिबासमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारका निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएसँगै होटलमा ग्राहकको संख्या ह्वात्तै बढेको छ ।

बर्दिबासचोकमै सत्ता गठबन्धन, नेकपा (एमाले)– जनता समाजवादी (जसपा) गठबन्धन र स्वतन्त्र उम्मेदवारका कार्यालय सञ्चालनमा आएलगत्तै बजारु चहलपहल ह्वात्तै बढेको नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष रेवन्त कार्की ‘सुदीप’को भनाइ छ । “निर्वाचन आयोगले बर्दिबासमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्यो , सडक यातायातको सहजताले दल र उम्मेदवारले पनि यही नै कार्यालय सञ्चालनमा ल्याए”, उहाँले भन्नुभयो, “यसले चुनावी तयारीको चहलपहल बढेसँगै होटल खचाखच भरिएका छन् ।”

निर्वाचन अधिकृतको कार्यालय सम्बद्ध कामको सम्पर्कमा र दल एवं अन्य उम्मेदवारका कार्यालयमा आउजाउ गर्ने बढेसँगै होटलमा ग्राहक बढेका सुदीपको भनाइ छ । साना–ठूला गरी एक सयको हाराहारीमा होटल रहेका बर्दिबासमा सबै होटल अहिले भरिभराउ देखिँदैछन् । उम्मेदवारले निर्वाचन चिह्न पाएसँगै प्रचार अभियान औपचारिकरूपमा सुरु भएको छ । यस क्रममा जिल्लाका प्रत्येक प्रतिनिधिसभा क्षेत्रका मुख्य बजारमा दल र स्वतन्त्र उम्मेदवारका कार्यालय सञ्चालनमा आएका छन् ।

बर्दिबासका अतिरिक्त जिल्लाका बलवा, जलेश्वर र रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा छन् । यिनै ठाउँमा दल र स्वतन्त्र उम्मेदवारले पनि आ–आफ्ना कार्यालय सञ्चालनमा ल्याएपछि चुनाव विशेषको बजारु चहलपहल बढेको हो । यसबाहेक जिल्लाका सीतापुर, गौशाला, रौजा, लोहारपट्टि, पिपरा, मटिहानी, मनरा र सम्सीलगायतका मुख्य बजारमा पनि दल र अन्य उम्मेदवारका सम्पर्क कार्यालय सञ्चालन गरिएपछि चुनावी माहोल तात्दै गएको छ ।

“अहिले त दिवाली (तिहार) र छठपर्वको तयारीमा आम सर्वसाधारण रहेका हुँदा चुनावी अभियान जनजन र घरघर पुग्न बाँकी छ”, प्रतिनिधिसभा क्षेत्र नं १ कै सीतापुर बजारका कपडा व्यापारी सहवुल अन्सारी भन्नुहुन्छ, “पर्व सकिनासाथ परिवेश निर्वाचनमय बन्नेछ ।” बितेका दुई वर्ष कोरोना संक्रमणले थलिएको व्यापार अब निर्वाचन चहलपहलले केही बौरने आस पालिएको उहाँको भनाइ छ । बजारमा अहिले मुख्यतः होटलमा बढी भीड देखिएको छ । यससँगै झण्डा, ब्यानर र पर्चापम्प्लेटका लागि कपडा पसल, पेन्टर र प्रेसमा चुनावी प्रयोजनका ग्राहक बढ्दै गएका रामगोपालपुरका सामाजिक–राजनीतिक कार्यकर्ता छठु पटेल बताउनुभयो ।

निर्वाचन जनजन र घरघर परिचालित हुने ‘महापर्व’ जस्तै हुने भएको हुँदा यसक्रममा बन्दव्यापार, यातायात, सामाजिक भेटघाट र विकास अवसरका संवादले राम्रो मौका पाउने राजनीतिक कार्यकर्ता जनाउनुभयो । यसपालि उम्मेदवारको मनोनयनदेखि निर्वाचन चिह्न पाउनेसम्मका कार्यक्रम सम्पन्न भएलगत्तै तिहार र छठपर्वको तयारी परेको हुँदा यी पर्वपछि चुनावी माहोल अझ उत्कर्षमा पुग्ने जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष लवराजा सिंहको धारणा छ ।(रासस)

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

फाल्गुन १, २०८२
व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend